काठमाडौं- कलाकार निर्मल शर्मासहितको टोलीले नुवाकोट जिल्लाको बेलकोटमा पुगेर राहत बाँडेको छ। टोलीले बालबालिकाका लागि जाडोमा लगाउने न्यानो कपडा बाँडेको हो।
विभिन्न दाताहरुको सहयोग र जनचेतना नेपाल नामक संस्थासँग सहकार्य गर्दै बालबालिकाका लागि कपडा वितरण गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् शर्माले जानकारी दिएका हुन्।
उनका अनुसार नुवाकोट जिल्ला बेलकोटगढी- ५ का बालबालिकालाई राहत वितरण गरिएको हो। कुल १ सय ४० जना बालबालिकाका लागि न्यानो कपडा बाँडिएको पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।