काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ। आइतबार अपराह्न सुरु बैठकमा प्रतिनिधि सभा विघटनका विरुद्ध पार्टीले गरिरहेको संघर्षबारे छलफल हुने बताइएको छ।
शनिबार मात्रै पत्रकार सम्मेलन गरेर सो पक्षले आन्दोलनको कार्यक्रम घोषण गरेको छ। एक महिने आन्दोलनका कार्यक्रमहरुमा
नेकपामा ४४ जना स्थायी कमिटी सदस्यहरु थिए। जसमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन्। सो पक्षले पार्टी विवाद सुरु भएपछि कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएको थियो।
यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ। भेला, संविधान वाचन तथा मोटर साइकल र्याली सम्मका कार्यक्रम तय गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।