• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एयर ट्राफिकमा अवरोध पुग्ने देखिएपछि तुम्लिङटार–शीतलपाटी प्रसारणलाईनको रुट निर्धारणमा समस्या

सबस्टेसनको ठेक्कापट्टा पनि रोकियो 
64x64
नेपाल लाइभ आइतबार, पुस १९, २०७७  ०९:०६
1140x725

काठमाडौं-कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाईन र शीतलपाटी सबस्टेशन आयोजना निर्माणको काम प्रारम्भिक चरणमै अड्किएको छ। 

प्रसारणलाईनका लागि निर्धारण भएको रुटले हवाई रुटमा अवरोध पुग्ने देखिएपछि आयोजनाको काम अध्ययनको प्रारम्भिक चरणमै अल्झिएको हो। अहिलेकै अवस्थामा यो आयोजना अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलेसमेत  विमति जनाएको छ। 

प्रसारणलाईनको प्रारम्भिक वातावरणीय मूल्यांकनमा नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटार एयर ट्राफिक रुटको कारण देखाएको छ। प्रसारणलाईनको रुट र हवाई रुट एकै ठाउँमा पर्न जाँदा निर्माणको काम प्रभावित भएपछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसबारेमा अध्ययन गर्न एक टोलीसमेत गठन गरेका थिए। पाइलटहरु, एयर ट्राफिक कन्ट्रोलका कर्मचारी र विभागका इन्जिनियरहरु सम्मिलित उक्त अध्ययन टोलीले पनि प्रसारणलाईनले हवाई रुटमा असर पर्ने निष्कर्षसहित प्रतिवेदन बुझाए पनि आयोजनाको रुट निर्धारणमा सहमति जुट्न सकेको छैन।    

कोशी करिडोर आयोजना प्रमुख राजन ढकालले हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईन बनाउने र त्यसका लागि उपयुक्त विकल्पबारे छलफल भईरहेको बताए। ‘यो प्रारम्भिक अध्ययनको क्रममै छ। हवाई रुट पर्ने भनेपछि हामी त्यसको विकल्प खोजिरहेका छौं,’ ढकालले भने। ‘हवाई रुट परेका ठाउँमा कम उचाईका टावरहरु राख्ने, प्रसारणलाईन नै भूमिगत बनाउने वा अर्को रुट निर्धारण गरेर जाने लगायतका विकल्पहरु छन। यो विषय चाँडै टुंगिन्छ।’

प्रसारणलाईनको प्रारम्भिक वातावरणीय अध्ययन नटुंगिदा एकातिर शीतलपाटी सबस्टेसनको ठेकापट्टाको काम रोकिएको छ भने अर्कोतिर निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुले समयमा प्रसारणलाईन नबन्दा उत्पादित विद्युत खेर जाने हो कि भन्ने चिन्ता गर्न थालेका छन्।

Ncell 2
Ncell 2

कोशी करिडोरमा उत्पादन आयोजनाका लागि लाईसेन्स लिएका, पिपिए भईसकेका र केही निर्माणाधीन अवस्थामा रहेका निजी क्षेत्रका आयोजनाले प्रसारणलाईन निर्माणमा देखिएको अन्याेलताबारे चासाे देखाएका हुन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले उपयुक्त विकल्प खोजेर प्रसारणलाईनको रुट चाँडै निर्धारण हुनुपर्ने मागसमेत गरेको छ।

यो करिडोरमा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुमा समान ५ मेगावाटका चिर्खुवा खोला १ र २, इर्खुवा खोलामा ५, १० र १५ मेगावाटका तीन वटा आयोजना र संखुवा खोलामा समान ४० मेगावाटका २ वटा आयोजना रहेका छन। त्यस्तै सिसुवा खोला १३ मेगावाट, अप्सुवा खोला ४५ मेगावाट, इसुवा खोला ९७ मेगावाट र कसुवा खोला ४५ मेगावाट पनि यही  प्रसारणलाईनमा जोडिने आयोजनाहरु हुन। अहिले ५ मेगावाटको चिर्खुवा खोला, १० मेगावाटको इर्खुवा खोला र ९७ मेगावाटको कसुवाखोला जलविद्युत आयोजना निर्माणाधीन छन्।

इप्पानका सदस्य विक्रम विष्टका अनुसार हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईनको रुट चाँडै तय गर्ने विषयमा प्राधिकरण पछिल्लो  समय केही सकारात्मक देखिएको छ। ‘एयर ट्राफिकको कारणले गर्दा यसअघि तय भएका पहिलो र दोस्रो रुटमा नमिल्ने देखियो। तेस्रो रुट तय गरेर जानेगरी नागरिक उड्डयन प्राधिकरणसँग केही दिनभित्रै टुंगाउने गरी तयारी भईरहेको छ,’ विष्टले नेपाल लाइभसँग भने।

प्राधिकरणको प्राविधिक अध्ययन टोलीले प्रसारणलाईन बनाउन पहिलो र दोस्रो रुटको प्रारम्भिक अध्ययन गरिसकेको थियो। तर विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को काम बाँकी छ। यसअघि तय भएका रुटमा समस्या देखिएपछि तेस्रो विकल्पका रुपमा अघि सारिएको रुटको भने प्रारम्भिक अध्ययनसमेत भएको छैन।

प्रसारणलाईन निर्माणका लागि निर्धारण भएको पहिलो रुट तुलनात्मक रुपमा दोस्रो रुटभन्दा छोटो पर्न जाने प्राधिकरणको अध्ययनले देखाएको छ। तर हवाई ट्राफिकमा सोझै अवरोध पुग्ने देखिएपछि दोस्रो विकल्प अघि सारिएको थियो। दोस्रो रुटबाट प्रसारणलाईन लैजाँदा बजार र बस्ती भएकाले जग्गा अधिग्रहण र मुआब्जाको समस्यासमेत थपियो। त्यतिमात्र नभई दोस्रो रुटमा १२ देखि १५ वटासम्म टावरहरु बढी पर्ने देखिएपछि यो विकल्पबाट पनि प्राधिकरण पछि हटेको हो।

अहिले अघि सारिएका तीनवटा विकल्पहरुमा प्रसारणलाईनलाई भूमिगत बनाउने  विकल्पलाई आर्थिक र प्राविधिक दुवै हिसाबले जटिल मानिएको छ। तर कोशी करिडोर आयोजना प्रमुख ढकाल पुरै प्रसारणलाईन भूमिगत गर्ने नभई हवाई रुटमा असर पुग्ने ठाउँमा मात्र भूमिगत गर्न सकिने बताउँछन। त्यस्तै हवाई रुट पर्ने स्थानमा ३० मीटरसम्म मात्रै उचाई भएका विद्युत पोल राखेर पनि प्रसारणलाईन बनाउन सकिने बारे अहिले छलफल भईसकेको छ। 

शीतलपाटी सबस्टेसनका लागि विद्युत प्राधिकरणले जग्गा किनिसकेको छ। तर प्रसारणलाईन निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक अध्ययनका कामसमेत नटुंगिदा टेण्डरको काम पनि रोकिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६... बिहीबार, पुस २४, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्