• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एयर ट्राफिकमा अवरोध पुग्ने देखिएपछि तुम्लिङटार–शीतलपाटी प्रसारणलाईनको रुट निर्धारणमा समस्या

सबस्टेसनको ठेक्कापट्टा पनि रोकियो 
64x64
नेपाल लाइभ आइतबार, पुस १९, २०७७  ०९:०६
1140x725

काठमाडौं-कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाईन र शीतलपाटी सबस्टेशन आयोजना निर्माणको काम प्रारम्भिक चरणमै अड्किएको छ। 

प्रसारणलाईनका लागि निर्धारण भएको रुटले हवाई रुटमा अवरोध पुग्ने देखिएपछि आयोजनाको काम अध्ययनको प्रारम्भिक चरणमै अल्झिएको हो। अहिलेकै अवस्थामा यो आयोजना अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलेसमेत  विमति जनाएको छ। 

प्रसारणलाईनको प्रारम्भिक वातावरणीय मूल्यांकनमा नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटार एयर ट्राफिक रुटको कारण देखाएको छ। प्रसारणलाईनको रुट र हवाई रुट एकै ठाउँमा पर्न जाँदा निर्माणको काम प्रभावित भएपछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यसबारेमा अध्ययन गर्न एक टोलीसमेत गठन गरेका थिए। पाइलटहरु, एयर ट्राफिक कन्ट्रोलका कर्मचारी र विभागका इन्जिनियरहरु सम्मिलित उक्त अध्ययन टोलीले पनि प्रसारणलाईनले हवाई रुटमा असर पर्ने निष्कर्षसहित प्रतिवेदन बुझाए पनि आयोजनाको रुट निर्धारणमा सहमति जुट्न सकेको छैन।    

कोशी करिडोर आयोजना प्रमुख राजन ढकालले हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईन बनाउने र त्यसका लागि उपयुक्त विकल्पबारे छलफल भईरहेको बताए। ‘यो प्रारम्भिक अध्ययनको क्रममै छ। हवाई रुट पर्ने भनेपछि हामी त्यसको विकल्प खोजिरहेका छौं,’ ढकालले भने। ‘हवाई रुट परेका ठाउँमा कम उचाईका टावरहरु राख्ने, प्रसारणलाईन नै भूमिगत बनाउने वा अर्को रुट निर्धारण गरेर जाने लगायतका विकल्पहरु छन। यो विषय चाँडै टुंगिन्छ।’

प्रसारणलाईनको प्रारम्भिक वातावरणीय अध्ययन नटुंगिदा एकातिर शीतलपाटी सबस्टेसनको ठेकापट्टाको काम रोकिएको छ भने अर्कोतिर निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुले समयमा प्रसारणलाईन नबन्दा उत्पादित विद्युत खेर जाने हो कि भन्ने चिन्ता गर्न थालेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोशी करिडोरमा उत्पादन आयोजनाका लागि लाईसेन्स लिएका, पिपिए भईसकेका र केही निर्माणाधीन अवस्थामा रहेका निजी क्षेत्रका आयोजनाले प्रसारणलाईन निर्माणमा देखिएको अन्याेलताबारे चासाे देखाएका हुन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले उपयुक्त विकल्प खोजेर प्रसारणलाईनको रुट चाँडै निर्धारण हुनुपर्ने मागसमेत गरेको छ।

यो करिडोरमा निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाहरुमा समान ५ मेगावाटका चिर्खुवा खोला १ र २, इर्खुवा खोलामा ५, १० र १५ मेगावाटका तीन वटा आयोजना र संखुवा खोलामा समान ४० मेगावाटका २ वटा आयोजना रहेका छन। त्यस्तै सिसुवा खोला १३ मेगावाट, अप्सुवा खोला ४५ मेगावाट, इसुवा खोला ९७ मेगावाट र कसुवा खोला ४५ मेगावाट पनि यही  प्रसारणलाईनमा जोडिने आयोजनाहरु हुन। अहिले ५ मेगावाटको चिर्खुवा खोला, १० मेगावाटको इर्खुवा खोला र ९७ मेगावाटको कसुवाखोला जलविद्युत आयोजना निर्माणाधीन छन्।

इप्पानका सदस्य विक्रम विष्टका अनुसार हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाईनको रुट चाँडै तय गर्ने विषयमा प्राधिकरण पछिल्लो  समय केही सकारात्मक देखिएको छ। ‘एयर ट्राफिकको कारणले गर्दा यसअघि तय भएका पहिलो र दोस्रो रुटमा नमिल्ने देखियो। तेस्रो रुट तय गरेर जानेगरी नागरिक उड्डयन प्राधिकरणसँग केही दिनभित्रै टुंगाउने गरी तयारी भईरहेको छ,’ विष्टले नेपाल लाइभसँग भने।

Xtrem
Xtrem

प्राधिकरणको प्राविधिक अध्ययन टोलीले प्रसारणलाईन बनाउन पहिलो र दोस्रो रुटको प्रारम्भिक अध्ययन गरिसकेको थियो। तर विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को काम बाँकी छ। यसअघि तय भएका रुटमा समस्या देखिएपछि तेस्रो विकल्पका रुपमा अघि सारिएको रुटको भने प्रारम्भिक अध्ययनसमेत भएको छैन।

प्रसारणलाईन निर्माणका लागि निर्धारण भएको पहिलो रुट तुलनात्मक रुपमा दोस्रो रुटभन्दा छोटो पर्न जाने प्राधिकरणको अध्ययनले देखाएको छ। तर हवाई ट्राफिकमा सोझै अवरोध पुग्ने देखिएपछि दोस्रो विकल्प अघि सारिएको थियो। दोस्रो रुटबाट प्रसारणलाईन लैजाँदा बजार र बस्ती भएकाले जग्गा अधिग्रहण र मुआब्जाको समस्यासमेत थपियो। त्यतिमात्र नभई दोस्रो रुटमा १२ देखि १५ वटासम्म टावरहरु बढी पर्ने देखिएपछि यो विकल्पबाट पनि प्राधिकरण पछि हटेको हो।

अहिले अघि सारिएका तीनवटा विकल्पहरुमा प्रसारणलाईनलाई भूमिगत बनाउने  विकल्पलाई आर्थिक र प्राविधिक दुवै हिसाबले जटिल मानिएको छ। तर कोशी करिडोर आयोजना प्रमुख ढकाल पुरै प्रसारणलाईन भूमिगत गर्ने नभई हवाई रुटमा असर पुग्ने ठाउँमा मात्र भूमिगत गर्न सकिने बताउँछन। त्यस्तै हवाई रुट पर्ने स्थानमा ३० मीटरसम्म मात्रै उचाई भएका विद्युत पोल राखेर पनि प्रसारणलाईन बनाउन सकिने बारे अहिले छलफल भईसकेको छ। 

शीतलपाटी सबस्टेसनका लागि विद्युत प्राधिकरणले जग्गा किनिसकेको छ। तर प्रसारणलाईन निर्माणका लागि गर्नुपर्ने प्रारम्भिक अध्ययनका कामसमेत नटुंगिदा टेण्डरको काम पनि रोकिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै
सम्बन्धित सामग्री
आज कति पुग्यो डलर ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... आइतबार, असोज २५, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : मुग्लिनमा सतर्क रहन प्रहरीले माइकिङ गर्दै आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्