काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।
पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको हो।
बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।