एजेन्सी–छुट्टिएको एक वर्षपछि मोडल तथा व्यापारी काइली जेनर र र्यापर ट्राभिस स्कटबीच पुनर्मिलन भएको सार्वजनिक भएको छ। काइलीले सन् २०१९ को अक्टोबरमा ट्राभिससँग छुट्टिएको घोषणा गरेकी थिइन्।
नयाँ वर्षको बिदाका बेला उनीहरु २ वर्षीया छोरी स्ट्रोमी वेबस्टरसँगै देखिएपछि उनीहरुको पुनर्मिलन भएको चर्चा चलेको हो। हलिउड लाइफका अनुसार नयाँ वर्षमा काममा जानुभन्दा अगाडि यी तीनले पारिवारिक समयको निकै आनन्द लिए। उनीहरुका साथमा काइलीकी आमा ६५ वर्षीया क्रिस जेनर र बहिनी २५ वर्षीया केडल जेनर पनि रहेको बताइएको छ ।
‘वास्तवमा पुरै परिवारका साथ यी दुईको सम्बन्ध राम्रो छ र केही समारोह वा अवसरहरुमा सँगै सहभागी हुनु स्वभाविक हो,’हलिउड लाइफले लेखेको छ।
यो जोडीको सम्बन्ध सन् २०१७ देखि सुरु भएको थियो। तर त्यसको दुई पनि वर्ष नबित्दै काइलीले आफ्नो बच्चाको पितासँग कुनै सम्बन्ध नरहेको बताएकी थिइन्। यी दुई सम्बन्धमा नरहे पनि बच्चाको हेरचाह दुवै मिलेर गर्ने प्रतिबद्धता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।