• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

२०२० : सुन लगानीकर्ताले इतिहासमै सर्वाधिक कमाएको वर्ष 

64x64
नेपाल लाइभ शनिबार, पुस १८, २०७७  ११:५१
1140x725

काठमाडौं–सुनका लगानीकर्ताले सन् २०२० मा इतिहासकै सर्वाधिक लाभ लिएका छन्। यस वर्ष सुनको भाउले नयाँ रेकर्ड कायम गर्‍यो। वस्तु तथा विनिमय बजारका लगानीकर्ताले यस वर्ष सर्वाधिक लाभ लिन सफल भए। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सन् २०११ मा प्रति औंन्स १८५६ डलर थियो। त्यसयता सुनको भाउ लगातार गिरावट हुँदै आएकोमा कोभिड–१९ का कारण सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ सर्वाधिक उचाइमा पुग्ने क्रममा सन् २०२० को जुलाइमा प्रति औन्स २०७० डलरसम्म पुग्यो। यस क्रममा सुनको कारोबार गर्ने लगानीकर्ताले अत्याधिक कमाउन सफल पनि भए।

सुनको भाउलाई सबैभन्दा धेरै कोभिड–१९ को विश्वव्यापी महामारीले उत्पन्न गराएको आर्थिक मन्दी, अर्थतन्त्रबारे व्याप्त संशय, अनिश्चय, चीन र अमेरिकाबीचको बढ्दो तिक्तताका, त्रास लगायतका कारणले प्रभावित पार्‍यो। सुनमा गरिएको लगानीलाई अनुत्पादनमुलक क्षेत्रमा गरिएको लगानीको रुपमा हेरिन्छ। त्यसैले गर्दा सुन जहिले पनि अन्योलका बेला धेरै फस्टाउछ। यसै क्रममा विश्वकै लगानीकर्ताहरूको मन विथोलियो। सेयर बजार तथा अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुनमा आफ्नो सम्पत्ति पार्किङ गर्न थाले। यसै क्रममा विश्व बजारमै सुनको माग अत्याधिक आउन थाल्यो। यति नै बेला विश्वका केन्द्रीय बैंकहरुले सुनको मौज्दात बढाउने नीति लिए। 

उक्त नीतिपछि बजारमा सुनको अत्याधिक माग बढ्न थाल्यो। तर सुन उत्पादन गर्ने खानीहरु कोभिड–१९ का कारण बन्द भए। खानी नै बन्द हुँदा सप्लाइ रोकियो र बजारमा सुनले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थाल्यो। सँगसँगै कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्र  र अमेरिकाको मुद्रा बजार कमजोर भयो। डलरमा लगानी गर्नेहरु सुनमा लगानी गर्न थाले। 

कोभिड–१९ को खोप तयार भएको समाचार बजारमा आउन थालेसँगै पुनः सुनको भाउ गिरावट हुन थाल्यो। यसै क्रममा सन् २०२० को जुलाइमा प्रतिऔंन्स २०७० डलरसम्म पुगेको सुनको भाउ वर्षको अन्तिम दिनसम्ममा १८९८ डलरसम्म झर्‍यो। अमेरिकाले कोभिड–१९ ले ध्वस्त बनाएको अर्थतन्त्रलाई सुधार गर्ने गरि नयाँ आर्थिक वर्षमा राहत प्याकेज ल्याउने चर्चाले सुनको मूल्यमा गिरावट आउने अनुमान गरिए पनि खासै तल झर्न भने सकिरहेको छैन। विश्लेषकहरुले सुनको भाउ १५ सय डलरसम्म तल झर्ने अनुमान गरिए पनि बजारमा सुनको सप्लाइ बढ्न नसक्दा भाउ खासै घट्न भने सकिरहेको छैन। 

Ncell 2
Ncell 2

सुनको भाउ बढ्दा उपभोक्तालाई सबैभन्दा धेरै असर गर्छ। यसबाहेक अन्य पक्षलाई लाभप्रद हुन्छ। व्यवसायी, लगानीकर्ता र सरकारले सुनको भाउ बढ्दा यसबाट उचित लाभ उठाउछन्। लगानीकर्ताले सुनको भाउ तल–माथि हुँदा अन्य क्षेत्रमा आफ्नो लगानी डाइभर्स गर्न सक्छन्। तर परम्परागत रुपमा विवाह, ब्रतबन्ध तथा धार्मिक कार्यका लागि किन्नै पर्ने सुनको विकल्प उनीहरुसँग अरु हुँदैन। त्यसैले नेपाली बजारमा सुनको भाउ बढ्नु भन्दा घट्नुलाई बढी लाभप्रद मानिन्छ। तर अन्तर्राष्ट्रिय बजारमा व्यवसायीका लागि सुनको भाउ बढ्नुलाई राम्रो मानिन्छ। अर्कोतर्फ सुनको भाउ बढ्नुलाई अर्थतन्त्रको अवस्था कमजोर ‍रहेको संकेतको रुपमा पनि विश्लेषण गरिन्छ। 

अझै पनि विश्व अर्थतन्त्र कुन दिशामा अगाडि बढ्छ भनेर प्रस्ट रुपमा देखिन थालेको छैन। अमेरिका तथा युरोपियन देशहरुले आफ्नो अर्थतन्त्रलाई अझै कसरी अगाडि बढाउछन् भनेर प्रस्ट भइसकेको छैन। त्यसैले गर्दा व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा खेलेर बसिरहेका छन्। कोरोना खोप आइसके पछि पनि कोभिड–१९ को भाइरसले नयाँ नयाँ स्वरुप परिवर्तन गरिरहेकाले अझै जोखिम बढ्ने हो कि भन्ने संशय कायमै छ। कतिपय देशमा अझै पनि कोभिड नियन्त्रणका प्रयास भइरहेका छन्। 

नेपाली बजारमा पनि सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रममा एक लाख तीन हजार ५०० रुपैयाँसम्ममा कारोबार भयो। नेपाली बजारमा सुनको भाउ जतिसुकै महंगो भए पनि खपत भने भइरहेको हुन्छ। आवश्यक पर्नेले बजारमा जतिसुकै मूल्य भए पनि किन्छन्। सुनलाई सम्पत्तिको रुपमा हेरिने भएकाले नेपालीहरुमा सुनप्रति विशेष मोह रहँदै आएको छ। 


 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
कांग्रेस विशेष महाधिवेशन लम्बियो
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सोमबार, पुस २८, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्