• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रमा डिआइजी बढुवा गर्दा एक पद रिक्त किन?

माघदेखि २ मात्रै एआइजी
64x64
नारायण अधिकारी शनिबार, पुस १८, २०७७  ०९:००
1140x725

काठमाडौं– गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले बिहीबार सशस्त्रका ६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो। 

सशस्त्रमा रिक्त डिआइजीको संख्या ७ थियो। जसका लागि दर्जनभन्दा बढी एसएसपी प्रतिस्पर्धी थिए। तर दर्जनौं एसएसपी प्रतिस्पर्धी भए पनि एक पद रिक्त राख्दै गृहमन्त्रालयले ६ जना एसएसपीलाई मात्रै डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो। 

बढुवा समितिले कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्बाङलाई डिआइजीका सिफारिस गरेको छ।

तर डिआइजी बढुवाका लागि उनीहरुसँगै कालीदास धौबजी र कुमार न्यौपाने, विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री र प्रकाश श्रेष्ठलगायत एसएसपी प्रतिस्पर्धी थिए।

अहिले बढुवा सिफारिसमा भएका ६ जना २०७३ र २०७४ सालमा एसएसपी भएकाहरु छन्। बढुवामा छुटेकाहरु भने २०७५ सालमा एसएसपी भएकाहरु हुन्। प्रतिस्पर्धी नै दर्जनौं भएको अवस्थामा एक पद रिक्त राख्दै बढुवा किन गरियो ? यो प्रश्न निकै पेचिलो छ ।

सशस्त्र प्रहरी स्रोत भन्छ, ‘अहिले सात जना नै बढुवा गर्दा एक एसएसपी २०७५ मा बढुवा भएको ब्याचबाट ल्याउनु पर्ने हुन्छ। २०७५ बाट बढुवा गर्दा दाबेदार एसएसपी भने केही दिनमै अनिवार्य अवकाशमा जाँदैछन् । बढुवा भएको १५ दिनमै अवकाशमा जाने भएपछि एक पद रिक्त राखेरै बढुवा गरिएको हो।’

२०७५ मा बढुवा भएका झण्डै दर्जन एसएसपीहरु पुस मसान्तमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अहिले बढुवा गरेको अवस्थामा १५ दिनमै अवकाशमा जाने भएपछि  १५ दिनका लागि डिआइजीको फुली नदिइएको प्रहरी स्रोतको तर्क छ।

डिआइजीभन्दा माथि जाने अवस्था पनि रहँदैन र करिअरमा समेत असर नपर्ने भएकाले एक पद रिक्त राखेरै बढुवा गरिएको सशस्त्रको तर्क छ।

nimb
nimb
Ncell 2
Ncell 2

तर डिआइजी बढुवाको दाबेदारमै रहेका केही प्रहरी अधिकारी भने यो तर्कसँग सहमत छैनन्। दरबन्दी नै रिक्त राखेर बढुवा गर्नुले प्रतिस्पर्धी एसएसपीलाई न्याय नगरेको उनको तर्क छ। ‘१५ दिनका लागि बढुवा नगरिएको हो भने १५ दिनपछि अवकाशमा नजाने एसएससपी पनि डिआइजीको प्रतिस्पर्धामा थिए। उनीहरुबाट पनि डिआइजी बढुवा गर्न सकिन्थ्यो। तर यसरी बढुवा गर्दा भावी आइजीको एकल दाबेदार हुने भएकाले दरबन्दी नै रिक्त राखेर बढुवा गरिएको हो। यो राम्रो नजिर होइन’ एक बहालवाला एसएसपी नेपाल लाइभसँग भने।

सेवा अवधि लम्ब्याउन अन्तिम कसरत
सशस्त्रका दुई डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको माघमा डिआइजी भएको ४ वर्ष पुग्दैछ । डिआइजीको पदावधि ४ वर्ष भएकाले म्याद थप नभएको अवस्थामा उनीहरु अनिवार्य अवकाशमा जान्छन्।

चैतमा दुई एआइजी पुष्पराम केसी र रामशरण पौडलको पनि पनि म्याद थप नभएको अवस्थामा उनीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। अनिवार्य अवकाशमा जान लागेका डिआइजी र एआइजीहरु भने आफ्नो सेवा अवधि लम्ब्याउन  अन्तिम कसरतमा लागेका छन्। एआइजी केसी र पौडलको म्याद थप नभएर आगामी चैतमा अवकाशमा गएको अवस्थामा दुई डिआइजीहरुलाई एआइजीमा बढुवा गर्नुपर्ने हुन्छ।

जसमा झण्डै एक वर्षअघि बढुवा भएका डिआइजी प्रवीण श्रेष्ठसँगै राजु अर्याल, नारायणदत्त पौडेल चन्द्रप्रकाश (सिपी) गौतम एआइजीका दाबेदार रहन्छन्। 

उनीहरुमध्ये श्रेष्ठ आइजी भएको अवस्थामा हाल बढुवाको सिफारिसमा परेकामध्ये कमल गिरी र गणेशबहादुर ठाडामगर आइजीका दाबेदार रहन्छन् । उनीहरुसँगै बढुवा भएका अन्य भने ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन्।

राई र श्रेष्ठको म्याद थप नभएको र चैतमा दुई डिआइजी एआइजी भएपछि डिआइजीको रिक्त संख्या ५ पुग्छ। किनकि अहिले नै एक डिआइजीको पद रिक्त हुन्छ। रिक्त ५ डिआइजीका लागि २०७५ मा एसएसपी बनेकाहरुबाट प्रतिस्पर्धा हुन्छ।

फोर्समा एक दिन अघि मात्रै बढुवा हुनुले पनि सिनियर र चेन अफ कमाण्डमा ठूलो असर पर्ने हुन्छ । जसकारण भावी आइजीका लागि एकल दाबेदार बन्न सक्ने अवस्थालाई पनि मध्यनजर गरेर अहिले एक दरवन्दी रिक्त राखेर बढुवा गर्नु स्वाभाविक रहेको बहालवाला एक डिआइजी बताउँछन्।

माघदेखि २ मात्रै एआइजी
आउँदो माघदेखि सशस्त्र प्रहरी बलमा दुई मात्रै एआइजी रहनेछन्। गृहमन्त्रालयले यसअघि नै सशस्त्रमा दुई एआइजीको दरबन्दी कायम गरेको थियो । तर त्यसबेला नारायणबाबु थापा, पुष्पराम केसी र रामशरण पौडेल गरी तीन एआइजी थिए।

सेवा अवधि नसकिएसम्मका लागि तीन जना नै एआइजी यथावत रहने भनिएको थियो। ३० वर्षे सेवा अवधिका कारण पुस अन्तिममा एआइजी नारायणबाबु थापा अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि माघदेखि भने सशस्त्रमा दुई मात्रै एआइजीको दरबन्दी कायम रहन्छ। सीमा सुरक्षा र मानव स्रोत विभागमा मात्रै एआइजीको दरबन्दी कायम गरिएको छ। अहिले सीमा सुरक्षामा रामशरण पौडल छन् भने मानव स्रोतमा पुष्पराम केसी छन् ।

विगतमा सशस्त्र प्रहरीमा ६ जनासम्म एआइजी थिए । कार्य, सीमा, अपरेशन, प्रशासन, प्राविधिक र एकेडेमीमा एआइजी प्रमुख रहन्थे । 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्