काठमाडौं- राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्याट छलीको आरोपमा उनीहरू विरुद्ध १ अर्ब ३२ करोड ४६ लाख बिगो असुल उपर गर्ने मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
भ्याट छलीको आरोप लागेकाहरूमा सर्लाही जिल्ला स्थायी घर भई काठमाडौंको सीतापाइलास्थित पद्म कोलनीमा बसोबास गर्दै आएका राम किसोर प्रसादलगायत छन्।
मोहन ट्रेड इन्टरनेसनलका राम किशोर प्रसादले विभिन्न विभिन्न व्यक्तिका नाममा २६ वटा फर्म दर्ता गरी ती फर्मको बैंक खाता भने राम किशोर प्रसादले नै संचालन गर्दै आएको विभागको आरोपपत्रमा उल्लेख छ।
पाटन उच्च अदालतमा शुक्रबार रामकिशोरसहित २८ जना विरुद्ध मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।