कर्णाली–कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गए राति अज्ञात समूहले आगजनी गरेको छ।
जाजरकोट (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मामा गए राति १० बजे अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो।
आगजनीबाट गाडी पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।