काठमाडौं–राष्ट्रिय सभाको अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ४ बजे अधिवेशन आव्हान गरेकी छन्। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको थियो।
राष्ट्रिय सभा बैठकमा थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय भएको छ।
अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उद्घाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची छ। छैटौं अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि बिहीबारको कार्यव्यवस्थाले पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।