काठमाडौं–गायक तथा सर्जक प्रकाश सपुतको अभिनय रहेको म्युजिक भिडियो ‘सृजनाकी श्रेष्ठ तिमी’ सार्वजनिक भएको छ। भिडियो युट्युवमार्फत् सार्वजनिक गरिएको हो।
गायक प्रताप दास र गायिका रजिना रिमालको स्वरमा रहेको उक्त गीतको भिडियोमा सपुतसँगै प्रमिला क्षेत्री र प्रदीप अधिकारीलाई पनि देख्न सकिन्छ।
बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। म्युजिक भिडियोका निर्माता रमेश शाही छन्।
गीतको रचना प्रदीप थुलुङले गरेका हुन् भने संगीत रिमेश कुमारको रहेको छ।
कोभिड–१९ का कारण नयाँ फिल्म प्रदर्शन हुन नसके पनि नयाँ म्युजिक भिडियो प्रदर्शन हुने क्रम भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।