काठमाडौं- सशस्त्र प्रहरीका ६ एसएसपी बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआइजीका लागि बढुवा सिफारिस गरेको हो। बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपीहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्बाङ छन्।
सशस्त्र प्रहरीका आइजिपी र एआइजी सदस्य-सचिव हुने समितिले बढुवाका लागि सिफारिस गरेको यसमा चित्त नबुझ्नेहरूले ७ दिनभित्र उजुरी गर्न सकिने समेत मन्त्रालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।