• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा २५ वर्षपछि 'ब्रेक थ्रू'

64x64
अरुण सापकोटा बिहीबार, पुस १६, २०७७  १९:२८
1140x725

काठमाडौं- महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर आयोजनालाई अघि बढाउन नेपाल र भारतबीच द्विपक्षीय सहमति भएको छ। भारतको नयाँ दिल्लीमा दुवै देशको ऊर्जा मन्त्रालयको सचिवस्तरीय छलफलका क्रममा २५ वर्षदेखि दुई देशबीच सहमति हुन नसकेका केही विषयमा प्रारम्भिक सहमति भएको हो। 

नेपाल र भारतबीचको दुई विषयमा सहमति भएको ऊर्जा सचिव दिनेश घिमिरेले जानकारी दिए। भारत प्रभावित क्षेत्रलाई छुट्याएको पानीमध्ये ४ प्रतिशत जलविद्युत आयोजनामा मिसिने गरी इनर्जी क्याल्कुलेसन तथा डिजाइन तयार पार्न सहमत भएको घिमिरेको भनाइ छ। 

महाकाली सन्धिको धारा ७ अन्तर्गतको पानीको हकलाई असर नगर्ने गरी ५ प्रतिशतमध्ये ४ प्रतिशत पानी जलविद्युतको इनर्जी क्याल्कुलेसन तथा डिजाइनमा समावेश गर्न नेपाली र भारतीय पक्षबीच सहमति भएको हो। यसले इनर्जीको ट्यारिफ क्याल्कुलेसनमा राहत प्रदान गर्ने भन्दै नेपाली पक्षले उक्त पानी पनि डिजाइनमा समावेश गर्न माग गर्दै आएको हो। पञ्चेश्वरका अबका मिटिङमा ५ प्रतिशत पानीको विषय उठान नहुने गरी सहमति भएको सचिव घिमिरेले बताए। 

छलफलमा महाकाली पारीको नेपाली भूभाग दोधरा-चाँदनीका लागि आवश्यक पर्ने १० मिटर क्युव सेकेन्ड पानी भारतको शारदा क्यानलबाट उपलब्ध गराउने सहमतिसमेत भएको छ। महाकाली सन्धिको धारा ४ अन्तर्गत रहेको यस व्यवस्थालाई लिएर नेपाल भारतबीचमा केही असहमति रहँदै आएका थिए। नेपालले पञ्चेश्वर बनेपनि नबनेपनि भारतले शारदा क्यानलबाट उपलब्ध गराउनु पर्ने माग राख्दै आएको थियो। तर भारतले पञ्चेश्वर बनिसकेपछि मात्रै उपलब्ध गराउने अडान राख्दै आएको थियो।

शारदा क्यानलबाट नेपालमा चाँडो पानी ल्याउनका लागि नेपालले दुई महिनाभित्रमा डिपिआर तयार पार्ने र आवश्यक कार्य अगाडि बढाउने सहमति भएको सचिव घिमिरेले जानकारी दिए। जनताको आवश्यकता महसुस गरेर उक्त नहरबाट पानि नेपाली क्षेत्रमा ल्याउने काम तयार पार्नतिर केन्द्रित हुन दुबै पक्षबीच सहमति भएको हो।

यसअघिका छलफलमा भारतीय पक्षले प्रभावित क्षेत्रका लागि छुट्याएको पानी हाइड्रोपावरको डिजाइन तयार पार्दा गणना नगर्ने अडान राख्दै आएको थियो।

नेपालतर्फ आयोजना प्रभावित क्षेत्रमा खासै मानव बस्ती छैन। त्यसैले थोरै मात्रै प्रभावितले प्रयोग गर्छन् भन्ने मानेर बाँकी पानी पनि आयोजनामै मिसिने मान्दै डिजाइन तयार पार्न अनुरोध गर्दै आएको थियो। 

भारतका सचिव युपी सिंहले पनि यो विषयलाई छिटो टुंग्याउन भारतीय पक्षलाई अनुरोध गर्ने बताएको उनले उल्लेख गरे। दुई महिना भित्रमा नेपालले तयार पारेको डिपिआरलाई हेरेर अनुमति दिने र चाँडोभन्दा चाँडो निर्माण काम अगाडि बनाउने सहमति भएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालतिरको नहर नेपालले नै बनाउने र भारतमा भएको भुभागको संरचना भारतले नै बनाउने भएको छ। भारततिर १.१ किलोमिटर रहेको छ। महाकाली सन्धिअनुसार शारदा क्यानलबाट नेपालले १२ महिना नै १० मिटर क्युब सेकेन्ड पानी दिने व्यवस्था भएकाले नेपालले यस विषयमा कुनै पनि कम्प्रमाइज नगर्ने सहमति गरेको घिमिरेले जानकारी दिए। नेपालका लागि यो 'ब्रेक थ्रू' नै भएको घिमिरेको दाबी छ। 

महासन्धिको धारा ३ अन्तर्गत लाभका आधारमा लागत व्यहोरिने व्यवस्था रहेको छ। लाभलाई गणना गर्दा नेपालतर्फ ९३ हजार हेक्टर नेपाली भूभाग सिञ्चित हुन्छ।

यस अगाडिदेखि नै नेपालले लाभअनुसार जलविद्युतको ५० प्रतिशत लागत बेहोर्ने सहमति थियो। तर नेपालले सिँञ्चाई र बाढी नियन्त्रणको लाभ नलिने भएकाले लागत पनि नव्यहोर्ने बताउँदै आएको थियो।

उच्चस्तरीय छलफलपछि नेपालले सिञ्चाइ र बाढी नियन्त्रणको लागत व्यहोर्नु नपर्ने प्रारम्भिक सहमतिसमेत भएको छ। त्यस्तै हाइड्रोपावरको लागतको विषयमा भने अर्थ मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको टिम बसेर टुङ्गाउने सहमति भएको छ। 

Xtrem

Xtrem

छलफलको चौथो विषय लोअर शारदाको थियो। यस विषयमा धेरै पटक द्विपक्षीय छलफल भएपनि सहमति हुन सकेको छैन। 

केही समय अगाडि भारतीय विदेशी सचिव नेपालमा आएका थिए। विदेश सचिवले पञ्चेश्वर आयोजनालाई तदारुकताका साथ अगाडि बढाउने सन्देशसहित नेपाललाई दिल्लीमा छलफलका लागि बोलाएका थिए। उनले अनौपचारिक रुपमा दिल्ली बोलाएसँगै परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा नेपाली प्रतिनिधिलाई बोलाएको थियो। यस आयोजनाका पेन्डिङ रहेका विषयलाई अगाडि बढाउनका लागि उच्चस्तरीय समूहको बैठक बस्ने सहमति भएको थियो। 

भारतीय राजदूतावासबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासम्बन्धी बैठक बस्नका लागि उच्चस्तरीय समूह दिल्ली आउनका लागि निमन्त्रणा आएको थियो। उक्त निमन्त्रणापछि औपचारिक रुपमा नेपाली समूह दिल्ली गएको थियो। उक्त समूहको नेतृत्व उर्जा सचिव दिनेश कुमार घिमिरेले गरेका थिए।

नेपालका तर्फबाट कानुनको सहसचिव तोयानाथ अधिकारी, प्राविधिक डा. महेश्वर श्रेष्ठ, परराष्ट्र मन्त्रालयबाट सह सचिव यज्ञ बहादुर हमाल, र उर्जा मन्त्रालयबाट राजु महर्जन थिए। भारतबाट जलस्रोत सचिव युपी सिंह लगायतको सहभागिता थियो।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँधस्थल सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो। सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो। तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाईंदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो। सन् १९९५ मा यस आयोजनाको नेपाल तर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो। सीमा नदी भएको कारणले आयोजना सम्पन्न गर्न द्विपक्षीय सहमति हुनुपर्ने भएकोले विविध चरणमा दुई पक्षबीच वार्ताहरू भएका थिए।

नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा वि.सं. २०५२ माघ २९ गते सन्धि सम्पन्न भएको थियव। २०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्