मुम्बई- बलिउड नायिका करिना कपुर खानले २०२० को अन्तिम दिन आफ्ना पति नायक सैफ अली खान र छोरा तैमुर अली खानसँग मस्ती गर्दै बिताएकी छन्। फेरि आमा बन्न लागेकी करिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा तीन तस्बिर पोस्ट गर्दै नयाँ बर्ष मस्तीसँग बिताइरहेको जनाउ दिएकी हुन्।
नायिका करिनाले तस्बिरको कयाप्सनमा 'दुई केटाहरुसँग मस्ती गर्ने कोसिस गरिरहेको पर्फेक्ट तस्बिर' लेखेकी छन्। साथै यी दुई मायालु बिना २०२० र जीवन जिउने सम्भावना नभएको पनि बताएकी छन्।
करिना अहिले दोस्रो सन्तानको प्रतीक्षामा छिन्। छोरा तैमुर भने चार वर्ष पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।