काठमाडौं– सप्तरीकाे तिलाठी प्रहरी चौकीका प्रमुख सई सिकन्दरप्रसाद कानुविरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्द विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। कानुले घुस मागेको भन्ने सूचना तथा निवेदनका आधारमा अख्तियारको शाखा कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो।
कानुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले दाबी गरेको छ। कानुलाई ५० हजार रुपैयाँ बिगो कायम गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।