काठमाडौं–इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने र कम विद्युत खपत गर्ने एसीहरु बजारमा ल्याएको छ । सिजीले विशेषत: बढ्दो जाडोलाई मध्यनजर गर्दै सबै किसिमको मौसममा उपयुक्त हुने एसी उपलब्ध गराएको हो।
सिजीले हालै आफ्ना सबै ग्राहकका ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ, जसको उद्धेश्य यो जाडोयाममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु हो। सिजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन्।
सिजी ब्राण्डका इन्भर्टर एसीहरु सहुलियत मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी सामानहरु उच्च गुणस्तर तथा भरपर्दो र टिकाउ रहेको कम्पनीको दावी छ।
सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ। जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ० दशमलव ७५ टन देखि ३ दशमलव ० टन सम्म उपलब्ध भएकाले आफ्नो आवश्यकताअनुसार छानेर लिन सकिन्छ। एसीहरुमा सिजीले ५ वर्षको वारेण्टी उपलब्ध गराउँछ। साथै काठमाडौंभित्र २४ घण्टाभित्रै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।