काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। स्वास्थ्यमा समस्या भई सीता अस्पताल भर्ना भएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग फोन गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।
यसका साथै नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्बाङले अस्पतालमा नै गएर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासहितको सन्देश लिएर उनीहरू साँझ सीता उपचाररत मेडिसिटी अस्पताल पुगेका थिए।
स्वास्थ्यमा समस्या आएपछि सीतालाई बुधबार बिहान साढे ११ बजे अस्पताल भर्ना गरिएको थियो। सीता लामो समयदेखि पाकिन्ससलगायत रोगबाट पीडित छिन्।
सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।