काठमाडौं–प्रतिनिधि सभा विघटनको विरुद्धमा नागरिक आन्दोलन बुधबार पनि जारी रहेको छ।
पुस ११ देखि जारी आन्दोलनको तेश्रो दिन माइतीघरमा स्रष्टाहरुले कविता वाचन गरे। आन्दोलनका विभिन्न स्वरुपसहित सडकमा आएका नागरिकले नौमती बाजासहित विघटनको विरोध गरे। नौमति बाजामा महिला समूहले सहभागिता जनाएका थिए। सहभागिले गीत र नृत्यको माध्यमबाटै ‘असंवैधानिक ‘कू’को विरोध गरे।
व्यक्तिको सनकको भरमा प्रतिनिधि सभा विघटन भएको भन्दै त्यसको विरोधमा समाजका विभिन्न पक्षका नागरिक सडकमा ओर्लिएका छन्। प्रधानमन्त्री ओलीलाई नागरिक आन्दोलनका अगुवाले ‘नयाँ जंगबहादुर’को संज्ञा दिए। सडकमा आउनुको कारण जंगबहादुरको आदेशलाई अस्वीकार गर्नु रहेको आन्दोलनका संयोजक युग पाठकले बताए।
नागरिक आन्दोलन संसदमा पुनर्स्थापनामा मात्रै गएर टुंगिन नहुने श्रष्टाहरुको मत थियो।
वृहत नागरिक आन्दोलन शुक्रबार र शनिबार पनि हुने भएको छ। शनिबार हुने प्रर्दशन व्यापक हुने पाठकले जानकारी दिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।