काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ।
महिला सशक्तीकरण प्रवर्द्धन गर्ने उदेश्यले सहकार्य गरेको कम्पनीले जनाएको छ।
यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्घ भएको छ । यही सहकार्यअन्तर्गत रहेर ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया आयोजना गरिएको थियो।
प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धी ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछन्। ताजसँगै विजयीले २५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन्।
महिलालाई लक्ष्यसम्म पुर्याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रममार्फत् आबद्ध हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ।
एमयूएनको मञ्चमार्फत विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ प्रतिनिधित्व गर्ने मौका पाउनेछन् भने सबै प्रतिस्पर्धीले विश्वस्तरीय कोचिङ र ग्रुमिङका साथ नेटवर्किङ, बिजनेस तथा जीवनमा चाहिने विभिन्न कलाका बारेमा सिक्ने मौका पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।