काठमाडौं-भारत सरकारले भारतमा उत्पादन हुने सबै कारकाे अगाडिका दुवै सिटमा बस्ने यात्रुका लागि अनिवार्य एयरब्याग राख्नु पर्ने प्रस्ताव गरेको छ। भारतको सडक यातायात तथा हाइवे मन्त्रालयले कारको अगाडिका दुवै सिटमा बस्ने यात्रुका लागि अनिवार्य एयरब्याग राख्ने पर्ने व्यवस्था गर्न लागेको हो।
केही वर्षअघि भारत सरकारले चालकका लागि अनिवार्य एयरब्याग राख्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो। डिसेम्बर २८ मा आएको सूचना अनुसार नयाँ आउने कारमा १ जुलाई २०२१ देखि अगाडिका दुवै यात्रुका लागि अनिवार्य एयरब्याग हुनुपर्ने छ।
कारमा सवार यात्रुको सुरक्षालाई दृष्टिगत गर्दै भारत सरकारले नयाँ नियम ल्याएको हो। नेपालमा आउने अधिकांश कार भारतमा नै उत्पादन हुने भएकाले अब केही महिनापछि नेपाल आउने सबै कारमा अगाडिका दुवै यात्रुको सुरक्षाका लागि एयरब्याग हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।