काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ।
आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रमको निर्णय गर्ने भएको हो। उक्त पक्षले आजै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले मंगलबार काठमाडौंमा आमसभा गरेको थियो। सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रदर्शन आन्दोलनको सुरुवातमात्रै भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।