मुम्बई–दक्षिण भारतका सुपरस्टार एवं चर्चित अभिनेता रजनीकान्तले आफू चुनावी राजनीति आउन नसक्ने बताएका छन्। ट्वीटरमार्फत् तमील जनताका नाममा चिठी लेख्दै उनले आफूले पार्टी पनि गठन नगर्ने स्पष्ट पारेका छन्।
आफ्नो स्वास्थ्य पनि ठीक नरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो निर्णय गर्दा मलाई दुःख लागेको छ, तर यसैमा भलाइ छ।’
केही दिनअघि हैदराबादमा सुटिङका क्रममा उनले स्वास्थ्य बिग्रिएको थियो। त्यसक्रममा उनलाई ३ दिन अस्पताल भर्ना गरिएको थियो। फिल्म युनिटका केही सदस्यमा कोरोना पोजेटिभ पनि पाइएको थियो। उनले मिडियाको माध्यमले आफूले चुनाव जित्न नसक्ने र मानिसको अपेक्षा पुरा गर्न नसकिने पनि बताएका छन्।
यसअघि उनले आगामी जनवरीसम्म पार्टी घोषणा गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।