काठमाडौं- नर्भिक इन्टरनेसनल हस्पिटलबाट अहिलेसम्म ६ सय ७२ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।। अस्पतालले एक विज्ञप्ति जारी गर्दै संभवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हुनसक्ने जनाएको छ।
अस्पतालले कोभिडको छुट्टै एनआइसियू तथा फिभर क्लिनिक निर्माण गरी बिरामीहरूको सेवा गरिरहेको छ।
अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ‚ ‘कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ जीवन पाएका छन्। सम्भवतः निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो।’
अस्पतालले अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भए पनि ६७२ संक्रमितलाई नयाँ जीवन दिएर ठूलो सफलता हाँसिल गरेको सिंहले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।