काठमाडौं- कोभिड-१९ हवाइ सेवा खुलेको एक सय दिनमा बुद्ध एयरले ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई हवाइ सेवा दिएको छ। बुद्धले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
'दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर ३७०० बढी यात्रु गरी बुद्ध एयरले विगत १०० दिन (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको छ,' बुद्धले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘हाम्रा हरेक उडानमा यात्रु संख्या थपिँदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमणरहित विधि नै हुनुपर्छ,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने।
हरेक उडान अगाडि जहाजलाई अन्तर्राष्ट्रिय संस्थाले सुझाएको विधि तथा केमिकल प्रयोगले सरसफाई, कर्मचारीलाई आवश्यक तालिम, पिपिई तथा अन्य सुरक्षाका उपायबारे ज्ञान लिएर हरेक यात्रुलाई मास्क तथा जहाजमा फेससिल्डको अनिवार्य प्रयोगले बुद्ध एयरका हरेक उडान संक्रमणरहित भएको प्रेस विज्ञिप्तमा उल्लेख छ।
बुध्द एयरसँग दुई बीचक्राफ्ट, ३ एटिआर-४२ र ८ वटा एटीआर-७२ जहाजमार्फत् सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।