काठमाडौं–बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एण्ड मार्केटिङ प्रमुख रितेश लामिछाने र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।
यो सम्झौतापछि ग्राहकहरुले सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत् रकम स्थानान्तरण गर्न सक्नेछन्। ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत् अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत् मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानी बिल, इन्टरनेट बिल, टिभीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन–पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ।
सेलपे सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा इन्टरनेटको माध्यमबाट आफ्नो बैंक खातामार्फत् डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउन सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको र यसमार्फत् गरिएको भुक्तानी वास्तविक समयमा हुने कम्पनीले जनाएको छ।
बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिङ सेवा ९१ शाखा, ७८ एटीएम र १० एक्सटेन्स काउन्टरमार्फत् ग्राहकहरुलाई पु¥याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।