फाइल तस्बिर
काठमाडौं–नेपालको राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। उनीहरूबीच नेकपा विभाजन तथा नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीसँगको भेटवार्ताका विषय झण्डै २ घण्टा छलफल भएको थियो। तर प्रधानमन्त्री र राष्ट्रपतिको यो भेट नियमित भएको शितल निवास स्रोतले दाबी गरेको छ।
फुटको संघारमा रहेको नेकपालाई मिलाउन आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आइतबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको थियो। चिनियाँ टोलीले पनि सोमबार दिनभर पनि नेकपाका शीर्ष नेतासँग भेटवार्तामा व्यस्त रह्यो । टोलीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल तथा झलनाथ खनालसँग नेकपा विभाजनबारे छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।