काठमाडौं- ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको बैठकले ९ एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा गणेश बहादुर ऐर बढुवाको सूचीमा छन्। त्यसैगरी पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा देबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा सिफारिसमा भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।