• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्ष २०२० : बलिउडले  गुमायो इरफान खानदेखि सुशान्त राजपुतसम्म 

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  ०९:५३
1140x725

मुम्बई–वर्ष २०२० समाप्त हुँदैछ। यो वर्ष विश्व नै कोरोना भाइरस महामारीको चपेटामा आयो। अझै यसले सताइरहेको छ। यसबाट विश्वभर लाखौं मानिसले ज्यान गुमाए। खासगरी यो वर्ष बलिउड फिल्म उद्योगले धेरै दिग्गज व्यक्तित्व गुमाएको छ। यो वर्ष बलिउडले गुमाएका व्यक्तिहरु– 

१‍. निम्मी 
हिन्दी सिनेमाको 'स्वर्णिम समय' भनेर चिनिने ५० र ६० को दशककी चर्चित अभिनेत्री नवाब बानो अर्थात् निम्मी २५ मार्च २०२० मा संसारबाट बिदा भइन्। राज कपुरले उनलाई फिल्म उद्योगमा ल्याएका थिए। राज कपुरले नै उनको नाम परिर्वतन गरेर निम्मी राखिदिएका थिए। अभिनेत्री निम्मीले चर्चित फिल्महरुमा काम गरेर ख्याति कमाइन्। बरसात, दीदार, दाग, आन, उडनखटोला, कुन्दन, भाइभाइ र बसन्त बहारजस्ता  चर्चित फिल्ममा उनले काम गरिन्। 

२. इरफान खान 
पद्मश्री पुरस्कारबाट समेत सम्मानित इरफान खान बलिउडको एक फरक धारको नेतृत्व गर्ने माझिएका अभिनेता थिए। १९८८ मा ‘सलाम बम्बै’ बाट  फिल्मी यात्रा सुरु गरेका उनले आफ्नो प्रचुर अभिनय क्षमताले बलिउड र आफूलाई अलग्गै स्थानमा राखे। यही क्षमताका कारण उनको यात्रा हलिउडसम्म पुग्यो। त्यहाँ पनि उनले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका थिए। अन्य अभिनेताहरुका लागि प्रेरणाको स्रोत बनेका इरफानकाे पनि यसैवर्ष निधन भयो।  २०१८ मा उनले ट्वीटरमार्फत् आफूलाई दुर्लभ क्यान्सर न्युरोएन्डोक्रिनको ट्युमर भएको खुलासा गरे। यसको उपचारका लागि लन्डनसम्म पुगे। उपचारपछि उनले फिल्म ‘अंग्रेजी मिडियम’ मा काम पनि गरे।

कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा २८ अप्रिल २०२०मा कोलन इन्फेसक्सनका कारण अस्पताल भर्ना भए। त्यसको भोलिपल्ट २९ अप्रिलका दिन उनले ५३ वर्षकै उमेरमा संसारबाट बिदा लिए। उनी बित्नुभन्दा चार दिन पहिले आमालाई गुमाएका थिए। आमा सईद बेगमको जयपुरमा निधन भएको थियो।

इरफान खानले आफ्नो गौरवशाली विरासत छाडेका छन्। लाइफ अफ पाई, नेमसेक, पानसिंह तोमर, मकबूल, द लञ्च बक्स, स्लम डग मिलियनेयर, इन्फर्नो, हासिल, पिकू, हिन्दी मिडियम, तलबार उनका बिर्सन नसकिने चलचित्र हुन्। 

३. ऋषि कपूर 
अभिनेता इरफान खानको निधनको केही समयमै बलिउडले अर्का हस्ती ऋषि कपुरलाई ३० अप्रिलमा गुमायो। उनको क्यान्सरका कारण निधन भएको थियो। उनमा सन् २०१८ मा ल्युकेमिया पहिचान भएको थियो। अमेरिकाको न्यूयोर्क सिटीमा उपचारमा रहेको एक वर्षपछि २९ अप्रिलमा श्वास लिन समस्या भएको थियो। सोहीकारण अस्पताल भर्ना भएको दोस्रो दिन नै ६७ वर्षको उमेरमा उनको निधन भयो। हिन्दी फिल्म उद्योगका शो म्यान  राज कपुरका दोस्रो सन्तान ऋषि कपुर बाल कलाकारको भूमिकाबाट बलिउडमा प्रवेश गरेका थिए। सन् १९७३ मा उनी फिल्म ‘बबी’ बाट सार्वजनिक भए, जसमा उनले रोमान्टिक हिरोको भूमिका गरेका थिए। उनको यो रोमान्टिक हिरोको तस्विर तीन दशकसम्म कायम रह्यो। २०१२मा ‘अग्निपथ’ सार्वजनिक भएपछि पहिलो पटक नकारात्मक भूमिकामा देखिएका थिए। ५० को दशकमा उनले अमर अकबर एन्थोनी, प्रेम रोग, कर्ज, सागर, चाँदनी, हिना, दीवाना, बोल राधा बोल, दामिनी, नमस्ते लन्डन, लक बाई चान्स, लव आजकाल जस्ता फिल्ममा अभिनय गरेका थिए। 

४. वाजिद खान 
१ जुनमा हृदयाघात भएपछि विख्यात तबला बादक शराफत अली खानका छोरा संगीतकार वाजिद खानको निधन भयो। ४७ वर्षका वाजिदले आफ्ना दाइ साजिद खानसँग मिलेर फिल्म उद्योगमा संगीत भरेका थिए। सन् १९९८ मा सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट उनीहरुले बलिउडमा संगीत दिन थालेका थिए। संगीतकार साजिद–वाजिदको नामले उनीहरु प्रख्यात भए। उनीहरुले कयौ चर्चित गीत दिए । सोनू निगमको म्युजिक एल्बम दीवाना र फिल्म मुझसे शादी करोगी, तेरे नाम, दबंग , राउडी राठौर, एक था टाइगर र हिरोपन्थी लगायतमा उनीहरुले संगीत दिएका छन्। 

५. बासु चटर्जी 
चर्चित निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेरमा ४ जुनमा निधन भयो। दुई पटक राष्ट्रिय पुरस्कार प्राप्त गरेका चटर्जीले ७० र ८०को दशकमा मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर सुन्दर कथाहरु दर्शकसमक्ष पेश गरे । रजनीगन्धा, पियाका घर, चितचोर, छोटी सी बात, स्वामी, खट्टा–मीठा, बातो बातो में, चमेलीकी शादी, मन पसन्द, अपने–पराये जस्ता फिल्म उनले बनाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

६. सुशान्तसिंह राजपूत 
सानो सहरबाट बलिउडको सपना बोकेर मुम्वई आएका सुशान्तले एकता कपुरको सिरियल ‘पवित्रा रिस्ता’ बाट ख्याति कमाए। सन् २०१३ को फिल्म ‘काई पो छे ’बाट उनले आफ्नो फिल्म यात्रा सुरु गरेका थिए। निरज पाण्डेयको बायोपिक फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ बाट उनी स्टारको रुपमा उदाए। सात वर्षको फिल्म यात्राका क्रममा उनले आफ्नो अभिनय क्षमताले धेरै ख्याति कमाए । छिछोरे, सोनचिरैया,केदारनाथ र पिकेजस्ता फिल्ममार्फत् उनी स्टारको रुपमा देखा परे। १४ जुन २०२० मा सुशान्त आफ्नै घरमा पंखामा झुन्डिएको अवस्थामा फेला परे। ३४ वर्षको उमेरमा उनको मृत्यु भएपछि यो आत्महत्या नभई हत्या भएको प्रश्न उठ्यो। यो प्रकरण अहिले सिबिआईको अनुसन्धानमा रहेको छ। अन्तिम रिपोर्ट नआएसम्म यसको कुनै निष्कर्ष निकाल्न सकिँदैन। यही प्रकरणपछि बलिउडमा ड्रग्स मुद्दा लाग्यो। बलिउडका केही स्टारहरु अनुसन्धानको दायरामा तानिए। एम्सले भने सुशान्तको मृत्यु  आत्महत्याबाट भएको घोषणा गरेको छ। उनको मृत्युपछि ‘दिल बेचारा’ रिलिज भएको थियो। 

७. जगदीप 
‘शोले’ फिल्ममा सूरमा भोपाली चरित्र निर्वाह गरेका अभिनेता जगदीपको ८१ वर्षको उमेरमा ८ जुलाईमा निधन भयो। ७० वर्ष फिल्म क्षेत्रमा बिताएका जगदीपले धेरै चर्चित चलचित्रहरु दिएका छन्। तर शोलेको सूरमा भोपालीको रुपमा उनलाई अझै पनि स्मरण गरिने गरिएको छ। उनी चर्चित हास्य  कलाकार थिए । करिव ४०० चलचित्रमा उनले काम गरेका छन् । मुन्ना, आरपार, दो विघा जमीन, ब्रह्मचारी,  भाभी, दो भाइ, खिलौना ,रोटी, अपना देश, तुफान उनका चर्चित फिल्म हुन्। 

८. राहत इन्दौरी 
प्रख्यात उर्दु कवि र बलिउड गीतकार राहत  इन्दौरीको ११ जुलाई २०२० मा कोरोना संक्रमणका कारण निधन भयो। ७० वर्षका इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो। उनी एक गम्भीर शायर हुनुका साथै युवा पीँढिमा निकै लोकप्रिय थिए। उनको हरेक शायरी सामाजिक सञ्जालमा भाइरल हुने गरेको थियो। उनको एक कविता ‘बुलाती है मगर जाने का नही’  सामाजिक सञ्जालमा भाइरल हुदै जनजिब्रोमा छाएको थियो । उनले सर, खुद्दार, मर्डर, याराना, हमेशा, मुन्ना भाइ एमबीबीएस, मीनाक्षी, करिब, मिशन कश्मीरजस्ता फिल्ममा गीत लेखेका थिए। 

९. पण्डित जसराज 
शास्त्रीय संगीतलाई उच्च घरानामा पुर्‍याउने पण्डित जसराजलाई पनि यो वर्ष बलिउडले गुमायो। अमेरिकामा १७ अगस्ट २०२० मा उनको निधन भयो। पद्मश्रीबाट सम्मानित भएका जसराजको मृत्यु हृदयाघातका कारण भएको हो । ९० वर्षका उनी ६ महिना अमेरिका र ६ महिना भारत रहँदै आएका थिए । उनले अमेरिकामा पनि शास्त्रीय संगीत सिकाउने एकेडेमी खोलेका थिए । मृत्युपछि उनको पार्थिव शरीरलाई मुम्बई ल्याएर अन्तिम श्रद्धान्जली दिइएको थियो । २१ तोपको सलामीसहित उनको अन्त्येष्टि गरिएको थियो। उनले आफ्नो सम्पूर्ण जीवन नै शास्त्रीय संगीतको योगदानका लागि दिए उनका शिष्यहरु अनुराधा पौडवाल, साधना सरगम, शशांक सुब्रमण्यमलगायत हुन्। 

१५. एसपी बालासुब्रमण्यम 
७४ वर्षको उमेरमा पद्म भुषणले सम्मानित गायक एसपी बालासुब्रमण्यमको निधन २५ सेप्टेम्बर २०२०मा भयो। प्रख्यात गायकमध्येका एक बालासुब्रमण्यमले ४० हजार गीतमा स्वर दिएका छन् । उनले तेलुगु, तमील, कन्नड र हिन्दी भाषामा सयौं गीत गाएका छन्। उनी एक समय सलमान खानका सवै फिल्ममा स्वर दिन्थे। बालासुब्रमण्यमले ६ पटक राष्ट्रिय पुरस्कार प्राप्त गरे । उनको स्वरमा रहेको मैने प्यार किया, हम आपके है कौन, साजन फिल्मका गीत निकै चर्चित छन्। 

१६. फराज खान 
९०को दशकका अभिनेता फराज खानले हिट फिल्म ‘मैने प्यार किया’ बाट आफ्नो करिअर सुरु गर्न लागेका थिए। तर उनी सुटिङ्गको समयमा बिरामी परे र उनको स्थान सलमान खानले लिए । यसपछि उनी विक्रम भट्टको फिल्म ‘फरेब’बाट करिअर सुरु गरे। उनी ‘अमर अकबर एन्थोनी’ मा जेबीको भूमिका निर्वाह गर्ने चर्चित अभिनेता युसुफ खानका कान्छो सन्तान थिए। फराज खानले रानी मुखर्जीसँग मेहन्दी फिल्ममा काम गरे । यसपछि उनको लगातार सात फिल्म फ्लप भए । यसपछि उनी टेलिभिजन सिरियलतर्फ फर्के । लिपस्टिक, अचानक ३७ साल बाद  र श... जस्ता टेलिफिल्ममा उनले अभिनय गरे। उनको अन्तिम टेलिफिल्म ‘नीलि आँखे’ रहेको छ । अक्टुबर २०२० मा उनको मस्तिष्क संक्रमणका कारण मृत्यु भयो । उनी यही समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनको अन्तिम समयमा उपचारका लागि दाजु फहमान खानले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । सलमान खानदेखि पुजा भट्टसम्मले उनको उपचारमा सहयोग गरेका थिए । ४ नोभेम्बर २०२० मा ५० वर्षको उमेरमा उनको मृत्यु भयो । 

१७. रवि पटवर्धन 
तेबाब, यशबन्त, उबरठा, अंकुश राजु बन गया जेन्टलम्यान, तक्षकजस्त फिल्ममा अभिनय गरेका रवि पटवर्धनलाई पनि बलिउडले यो वर्ष गुमायो। ५ डिसेम्बरको राति हृदयाघातका कारण उनको निधन भएको थियो । ८४ वर्षका उनले मराठी फिल्ममा पनि धेरै अभिनय गरेका थिए । 

बिबिसी हिन्दीबाट

 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्