• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्ष २०२० : बलिउडले  गुमायो इरफान खानदेखि सुशान्त राजपुतसम्म 

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  ०९:५३
1140x725

मुम्बई–वर्ष २०२० समाप्त हुँदैछ। यो वर्ष विश्व नै कोरोना भाइरस महामारीको चपेटामा आयो। अझै यसले सताइरहेको छ। यसबाट विश्वभर लाखौं मानिसले ज्यान गुमाए। खासगरी यो वर्ष बलिउड फिल्म उद्योगले धेरै दिग्गज व्यक्तित्व गुमाएको छ। यो वर्ष बलिउडले गुमाएका व्यक्तिहरु– 

१‍. निम्मी 
हिन्दी सिनेमाको 'स्वर्णिम समय' भनेर चिनिने ५० र ६० को दशककी चर्चित अभिनेत्री नवाब बानो अर्थात् निम्मी २५ मार्च २०२० मा संसारबाट बिदा भइन्। राज कपुरले उनलाई फिल्म उद्योगमा ल्याएका थिए। राज कपुरले नै उनको नाम परिर्वतन गरेर निम्मी राखिदिएका थिए। अभिनेत्री निम्मीले चर्चित फिल्महरुमा काम गरेर ख्याति कमाइन्। बरसात, दीदार, दाग, आन, उडनखटोला, कुन्दन, भाइभाइ र बसन्त बहारजस्ता  चर्चित फिल्ममा उनले काम गरिन्। 

२. इरफान खान 
पद्मश्री पुरस्कारबाट समेत सम्मानित इरफान खान बलिउडको एक फरक धारको नेतृत्व गर्ने माझिएका अभिनेता थिए। १९८८ मा ‘सलाम बम्बै’ बाट  फिल्मी यात्रा सुरु गरेका उनले आफ्नो प्रचुर अभिनय क्षमताले बलिउड र आफूलाई अलग्गै स्थानमा राखे। यही क्षमताका कारण उनको यात्रा हलिउडसम्म पुग्यो। त्यहाँ पनि उनले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका थिए। अन्य अभिनेताहरुका लागि प्रेरणाको स्रोत बनेका इरफानकाे पनि यसैवर्ष निधन भयो।  २०१८ मा उनले ट्वीटरमार्फत् आफूलाई दुर्लभ क्यान्सर न्युरोएन्डोक्रिनको ट्युमर भएको खुलासा गरे। यसको उपचारका लागि लन्डनसम्म पुगे। उपचारपछि उनले फिल्म ‘अंग्रेजी मिडियम’ मा काम पनि गरे।

कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा २८ अप्रिल २०२०मा कोलन इन्फेसक्सनका कारण अस्पताल भर्ना भए। त्यसको भोलिपल्ट २९ अप्रिलका दिन उनले ५३ वर्षकै उमेरमा संसारबाट बिदा लिए। उनी बित्नुभन्दा चार दिन पहिले आमालाई गुमाएका थिए। आमा सईद बेगमको जयपुरमा निधन भएको थियो।

इरफान खानले आफ्नो गौरवशाली विरासत छाडेका छन्। लाइफ अफ पाई, नेमसेक, पानसिंह तोमर, मकबूल, द लञ्च बक्स, स्लम डग मिलियनेयर, इन्फर्नो, हासिल, पिकू, हिन्दी मिडियम, तलबार उनका बिर्सन नसकिने चलचित्र हुन्। 

३. ऋषि कपूर 
अभिनेता इरफान खानको निधनको केही समयमै बलिउडले अर्का हस्ती ऋषि कपुरलाई ३० अप्रिलमा गुमायो। उनको क्यान्सरका कारण निधन भएको थियो। उनमा सन् २०१८ मा ल्युकेमिया पहिचान भएको थियो। अमेरिकाको न्यूयोर्क सिटीमा उपचारमा रहेको एक वर्षपछि २९ अप्रिलमा श्वास लिन समस्या भएको थियो। सोहीकारण अस्पताल भर्ना भएको दोस्रो दिन नै ६७ वर्षको उमेरमा उनको निधन भयो। हिन्दी फिल्म उद्योगका शो म्यान  राज कपुरका दोस्रो सन्तान ऋषि कपुर बाल कलाकारको भूमिकाबाट बलिउडमा प्रवेश गरेका थिए। सन् १९७३ मा उनी फिल्म ‘बबी’ बाट सार्वजनिक भए, जसमा उनले रोमान्टिक हिरोको भूमिका गरेका थिए। उनको यो रोमान्टिक हिरोको तस्विर तीन दशकसम्म कायम रह्यो। २०१२मा ‘अग्निपथ’ सार्वजनिक भएपछि पहिलो पटक नकारात्मक भूमिकामा देखिएका थिए। ५० को दशकमा उनले अमर अकबर एन्थोनी, प्रेम रोग, कर्ज, सागर, चाँदनी, हिना, दीवाना, बोल राधा बोल, दामिनी, नमस्ते लन्डन, लक बाई चान्स, लव आजकाल जस्ता फिल्ममा अभिनय गरेका थिए। 

४. वाजिद खान 
१ जुनमा हृदयाघात भएपछि विख्यात तबला बादक शराफत अली खानका छोरा संगीतकार वाजिद खानको निधन भयो। ४७ वर्षका वाजिदले आफ्ना दाइ साजिद खानसँग मिलेर फिल्म उद्योगमा संगीत भरेका थिए। सन् १९९८ मा सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट उनीहरुले बलिउडमा संगीत दिन थालेका थिए। संगीतकार साजिद–वाजिदको नामले उनीहरु प्रख्यात भए। उनीहरुले कयौ चर्चित गीत दिए । सोनू निगमको म्युजिक एल्बम दीवाना र फिल्म मुझसे शादी करोगी, तेरे नाम, दबंग , राउडी राठौर, एक था टाइगर र हिरोपन्थी लगायतमा उनीहरुले संगीत दिएका छन्। 

५. बासु चटर्जी 
चर्चित निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेरमा ४ जुनमा निधन भयो। दुई पटक राष्ट्रिय पुरस्कार प्राप्त गरेका चटर्जीले ७० र ८०को दशकमा मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर सुन्दर कथाहरु दर्शकसमक्ष पेश गरे । रजनीगन्धा, पियाका घर, चितचोर, छोटी सी बात, स्वामी, खट्टा–मीठा, बातो बातो में, चमेलीकी शादी, मन पसन्द, अपने–पराये जस्ता फिल्म उनले बनाएका थिए। 

Ncell 2
Ncell 2

६. सुशान्तसिंह राजपूत 
सानो सहरबाट बलिउडको सपना बोकेर मुम्वई आएका सुशान्तले एकता कपुरको सिरियल ‘पवित्रा रिस्ता’ बाट ख्याति कमाए। सन् २०१३ को फिल्म ‘काई पो छे ’बाट उनले आफ्नो फिल्म यात्रा सुरु गरेका थिए। निरज पाण्डेयको बायोपिक फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ बाट उनी स्टारको रुपमा उदाए। सात वर्षको फिल्म यात्राका क्रममा उनले आफ्नो अभिनय क्षमताले धेरै ख्याति कमाए । छिछोरे, सोनचिरैया,केदारनाथ र पिकेजस्ता फिल्ममार्फत् उनी स्टारको रुपमा देखा परे। १४ जुन २०२० मा सुशान्त आफ्नै घरमा पंखामा झुन्डिएको अवस्थामा फेला परे। ३४ वर्षको उमेरमा उनको मृत्यु भएपछि यो आत्महत्या नभई हत्या भएको प्रश्न उठ्यो। यो प्रकरण अहिले सिबिआईको अनुसन्धानमा रहेको छ। अन्तिम रिपोर्ट नआएसम्म यसको कुनै निष्कर्ष निकाल्न सकिँदैन। यही प्रकरणपछि बलिउडमा ड्रग्स मुद्दा लाग्यो। बलिउडका केही स्टारहरु अनुसन्धानको दायरामा तानिए। एम्सले भने सुशान्तको मृत्यु  आत्महत्याबाट भएको घोषणा गरेको छ। उनको मृत्युपछि ‘दिल बेचारा’ रिलिज भएको थियो। 

७. जगदीप 
‘शोले’ फिल्ममा सूरमा भोपाली चरित्र निर्वाह गरेका अभिनेता जगदीपको ८१ वर्षको उमेरमा ८ जुलाईमा निधन भयो। ७० वर्ष फिल्म क्षेत्रमा बिताएका जगदीपले धेरै चर्चित चलचित्रहरु दिएका छन्। तर शोलेको सूरमा भोपालीको रुपमा उनलाई अझै पनि स्मरण गरिने गरिएको छ। उनी चर्चित हास्य  कलाकार थिए । करिव ४०० चलचित्रमा उनले काम गरेका छन् । मुन्ना, आरपार, दो विघा जमीन, ब्रह्मचारी,  भाभी, दो भाइ, खिलौना ,रोटी, अपना देश, तुफान उनका चर्चित फिल्म हुन्। 

८. राहत इन्दौरी 
प्रख्यात उर्दु कवि र बलिउड गीतकार राहत  इन्दौरीको ११ जुलाई २०२० मा कोरोना संक्रमणका कारण निधन भयो। ७० वर्षका इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो। उनी एक गम्भीर शायर हुनुका साथै युवा पीँढिमा निकै लोकप्रिय थिए। उनको हरेक शायरी सामाजिक सञ्जालमा भाइरल हुने गरेको थियो। उनको एक कविता ‘बुलाती है मगर जाने का नही’  सामाजिक सञ्जालमा भाइरल हुदै जनजिब्रोमा छाएको थियो । उनले सर, खुद्दार, मर्डर, याराना, हमेशा, मुन्ना भाइ एमबीबीएस, मीनाक्षी, करिब, मिशन कश्मीरजस्ता फिल्ममा गीत लेखेका थिए। 

९. पण्डित जसराज 
शास्त्रीय संगीतलाई उच्च घरानामा पुर्‍याउने पण्डित जसराजलाई पनि यो वर्ष बलिउडले गुमायो। अमेरिकामा १७ अगस्ट २०२० मा उनको निधन भयो। पद्मश्रीबाट सम्मानित भएका जसराजको मृत्यु हृदयाघातका कारण भएको हो । ९० वर्षका उनी ६ महिना अमेरिका र ६ महिना भारत रहँदै आएका थिए । उनले अमेरिकामा पनि शास्त्रीय संगीत सिकाउने एकेडेमी खोलेका थिए । मृत्युपछि उनको पार्थिव शरीरलाई मुम्बई ल्याएर अन्तिम श्रद्धान्जली दिइएको थियो । २१ तोपको सलामीसहित उनको अन्त्येष्टि गरिएको थियो। उनले आफ्नो सम्पूर्ण जीवन नै शास्त्रीय संगीतको योगदानका लागि दिए उनका शिष्यहरु अनुराधा पौडवाल, साधना सरगम, शशांक सुब्रमण्यमलगायत हुन्। 

१५. एसपी बालासुब्रमण्यम 
७४ वर्षको उमेरमा पद्म भुषणले सम्मानित गायक एसपी बालासुब्रमण्यमको निधन २५ सेप्टेम्बर २०२०मा भयो। प्रख्यात गायकमध्येका एक बालासुब्रमण्यमले ४० हजार गीतमा स्वर दिएका छन् । उनले तेलुगु, तमील, कन्नड र हिन्दी भाषामा सयौं गीत गाएका छन्। उनी एक समय सलमान खानका सवै फिल्ममा स्वर दिन्थे। बालासुब्रमण्यमले ६ पटक राष्ट्रिय पुरस्कार प्राप्त गरे । उनको स्वरमा रहेको मैने प्यार किया, हम आपके है कौन, साजन फिल्मका गीत निकै चर्चित छन्। 

१६. फराज खान 
९०को दशकका अभिनेता फराज खानले हिट फिल्म ‘मैने प्यार किया’ बाट आफ्नो करिअर सुरु गर्न लागेका थिए। तर उनी सुटिङ्गको समयमा बिरामी परे र उनको स्थान सलमान खानले लिए । यसपछि उनी विक्रम भट्टको फिल्म ‘फरेब’बाट करिअर सुरु गरे। उनी ‘अमर अकबर एन्थोनी’ मा जेबीको भूमिका निर्वाह गर्ने चर्चित अभिनेता युसुफ खानका कान्छो सन्तान थिए। फराज खानले रानी मुखर्जीसँग मेहन्दी फिल्ममा काम गरे । यसपछि उनको लगातार सात फिल्म फ्लप भए । यसपछि उनी टेलिभिजन सिरियलतर्फ फर्के । लिपस्टिक, अचानक ३७ साल बाद  र श... जस्ता टेलिफिल्ममा उनले अभिनय गरे। उनको अन्तिम टेलिफिल्म ‘नीलि आँखे’ रहेको छ । अक्टुबर २०२० मा उनको मस्तिष्क संक्रमणका कारण मृत्यु भयो । उनी यही समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनको अन्तिम समयमा उपचारका लागि दाजु फहमान खानले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए । सलमान खानदेखि पुजा भट्टसम्मले उनको उपचारमा सहयोग गरेका थिए । ४ नोभेम्बर २०२० मा ५० वर्षको उमेरमा उनको मृत्यु भयो । 

१७. रवि पटवर्धन 
तेबाब, यशबन्त, उबरठा, अंकुश राजु बन गया जेन्टलम्यान, तक्षकजस्त फिल्ममा अभिनय गरेका रवि पटवर्धनलाई पनि बलिउडले यो वर्ष गुमायो। ५ डिसेम्बरको राति हृदयाघातका कारण उनको निधन भएको थियो । ८४ वर्षका उनले मराठी फिल्ममा पनि धेरै अभिनय गरेका थिए । 

बिबिसी हिन्दीबाट

 

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी बुधबार, पुस ३०, २०८२
उड्न लागेको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी बुधबार, पुस ३०, २०८२
गगन र विश्वप्रकाश कानुनी परामर्शमा बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्