काठमाडौं–नेपाली कांग्रेसले आज काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले आज काठमाडौंसहित देशका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो।
विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्। यद्यपि कांग्रेसले केन्द्रीय नेताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन निश्चित स्थान तोकेको छैन।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।
कहाँ प्रदर्शन हुँदैछ?
क्षेत्र नम्बर १
- दिउँसो १ बजे, नयाँ बानेश्वर हाेटल एभरेस्ट अगाडि ।
क्षेत्र नम्बर २
- दिउँसो १ बजे काेटेश्वर चाेक।
क्षेत्र नम्बर ३
- दिउँसो १ बजे जाेरपाटी चाेक ।
क्षेत्र नम्बर ४
- दिउँसो १ बजे नारायण चाैर नक्साल।
क्षेत्र नम्बर ५
- दिउँसो १ बजे नारायण गाेपाल चाेक महाराजगन्ज ।
क्षेत्र नम्बर ६
दिउँसो १ बजे मनमैजु लाेकतान्त्रिक चाेक।
क्षेत्र नम्बर ७
- दिउँसो १ बजे बालाजु चाेक ।
क्षेत्र नम्बर ८
दिउँसो १ बजे बस्नतपुर डबली ।
क्षेत्र नम्बर ९
- दिउँसो १ बजे कलंकी चाेक ।
क्षेत्र नम्बर १०
दिउँसो १ बजे कीर्तिपुर बजार ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।