काठमाडौं–नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले आज साेमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्दैछ। आइतबार काठमाडौं ओर्लिएको टोलीले आज दुवै शीर्ष नेतासँग भेटवार्ता गर्ने बताइएको छ।
टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।
राष्ट्रपति भवन शीतल निवासमा पुगेर टोलीले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको हो। भेटमा भएको छलफलबारे भने राष्ट्रपति कार्यालयले खुलाएको छैन।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको हो। नेकपाभित्र विवाद चर्केको र संसद विघटन भएको अवस्थामा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।
यसअघि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन्। उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपालसँग भेट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।