गुल्मी–गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।
ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।