काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।
उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ। यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन्।
शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।