काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संगठन परिचालन र विस्तारलाई तीव्रता दिने भएका छन्। शनिबार बसेको सचिवालय बैठकले पार्टी विभाजन भइसकेपछि पहिलोपटक बैठक बसेर संगठन विस्तारलाई तीव्रता दिन लागेका हुन्।
बैठकमा प्रचण्ड-नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए। यस्तै सचिवालय बैठकअघि उपाध्यक्ष वामदेव गौतमले प्रचण्डलाई भेटेका थिए। गौतमले शनिबार प्रचण्ड निवास खुमलटार पुगी प्रचण्डलाई भेटेका थिए।
उनले आफू अझै पार्टी एकताकै पक्षमा भएको भन्दै दुवै पक्षको भेलामा सहभागी नहुने बताएका थिए। ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाप्रति गौतम सकारात्मक भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।