काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। शुक्रबार बार नेपाल र यान्छीबीच भेटवार्ता भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिएका हुन्।
रिजालले ट्विट गर्दै नेपाल र यान्छीबीच भेट भएको र दुई मुलुकको आपसी हितका विषयमा छलफल भएको जानकारी दिएका छन्।
'नेकपाका अध्यक्ष कमरेड माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम हाउ यांछीले आज शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको छ,' उनले ट्विटमा लेखेका छन्।
नेपाल नेकपाका विदेश विभाग प्रमुख हुन् भने रिजाल उपप्रमुख हुन्।
संसद् विघटन गरेपछि यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्पमकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।