काठमाडौं- जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठनले प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकाले त्यसका विरूद्ध विरोध प्रदर्शन गरेको छ।
शुक्रबार बबरमहल-माइतिघरमा उक्त संगठनका कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै प्रदर्शन गरेका हुन्।
प्रतिनिधि सभा विघटनको विरूद्धमा पछिल्ला केही दिनयता चर्को विरोध भइरहेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।