काठमाडौं–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरुको सूची नेपाल लाइभलाई प्राप्त भएको छ।
बागमती प्रदेश सभाका ४५ सदस्यहरुले शुक्रबार बिहान पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। पौडेलको स्थानमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।
बागमती प्रदेशमा जम्मा ११० सांसद रहेका छन्। नेकपाका मात्र ८० सांसद छन्। प्रचण्ड–नेपाल पक्षका ४६ सांसद छन् भने ओली पक्षका ३४ जना छन्।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यमा अरुण नेपाल, अष्टलक्ष्मी शाक्य, आङदेण्डी लामा, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, ओमबहादुर ग्लान, कन्चन खनाल, कुमारी मोक्तान, कुसुमकुमार कार्की, केशवप्रसाद पोखरेल, घनश्याम दाहाल, जगत सिंखडा, जीवन खड्का, दिनेश महर्जन, देवकी श्रेष्ठ, पशुपति चौलागाईलगायत छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।