भोजपुर–भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ।
आज बिहान साढे ६ बजे मे१ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किच्दा आफैँ साहु तथा चालक रहेका तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।