• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली पक्षको केन्द्रीय कमिटीको तेस्रो बैठकका यी हुन् १६ निर्णय

64x64
नेपाल लाइभ बिहीबार, पुस ९, २०७७  १८:४४
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको तेस्रो बैठकले १६ निर्णय गरेको छ। पुस ७ गते र ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको छ। 

ती निर्णय यसप्रकार छन्
१. यो बैठक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा, अग्रणी महिला नेतृ कमरेड साहना प्रधान लगायत कम्युनिस्ट आन्दोलनका सबै अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्दछ। देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सबै ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा उहाँहरुको आदर्शलाई सधैभरि दृढतासाथ अनुशरण गरिरहने संकल्प गर्दछ।

२. यो बैठक केन्द्रीय कमिटीको दोस्रो बैठकपछि दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेड कमानसिंह लामा, केन्द्रीय अनुशासन आयोगका सदस्य कमरेड वीरबहादुर ठगुन्ना, गुल्मी जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बोमबहादुर खड्का, प्रतिनिधिसभा सदस्य माननीय सानु शिवा पहाडी, दांग जिल्ला कमिटीका संस्थापक सदस्य माणिकलाल गौतम, संविधानसभा सदस्य कमरेड मानपुर चौधरी, १ नं प्रदेश कमिटी सदस्य हंश राजवंशी, नेकपा सर्लाहीका नेता कमरेड ध्रुव गौतम, भारत प्रवास समन्वय कमिटीका सदस्य वसन्त अधिकारी लगायत कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

३. यो बैठक सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा यही २०७७ साल पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदमका रुपमा ग्रहण गर्दछ। जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरु लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकांक्षा विपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापहरुकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ। नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पस्ट गरेको छ। त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रुपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ।

४. २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीहरुको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु थियो। तर केही नेताहरुका पदीय आकांक्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीहरुले उक्त दायित्व पूरा गर्न नसकेको पृष्ठभूमिमा पार्टीका प्रथम अध्यक्षको हैसियतले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई यो बैठक अनुमोदन गर्दछ। नवनियुक्त सबै कमरेडहरुलाई वधाइ ज्ञापन गर्दै आफ्नो काँधमा आएको दायित्व पूरा गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ। साथै केन्द्रीय कमिटीका सबै पदाधिकारी एवं सदस्य कमरेडहरुलाई कुनै पनि अन्यौल र भ्रममा नपरी, कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ।

५. यो बैठक प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचन उन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटीहरु, जनवर्गीय र सरोकार संगठनहरु, पार्टी सदस्यहरु, जनप्रतिनिधिहरु एवं सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेण्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ।

६. यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरुको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, रास्ट्रियताको सुदृढीकरण एवं नेपालको अन्तर्रास्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरुलाई उच्च मूल्यांकन गर्दछ। ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ।

७. यो बैठक हालै सम्पन्न निर्वाचनमा नेपाल संयुक्त रास्ट्र संघको मानव अधिकार परिषद्मा पुननिर्वाचित भएकोमा खुशी तथा सन्तोष व्यक्त गर्दछ। त्यसै गरी संयुक्त रास्ट्र संघको महिलामाथि हुने विभेद उन्मूलन सम्बन्धी कमिटी (सिड कमिटी) मा नेपालका तर्फबाट प्रस्तुत उम्मेदवार दोस्रो पटक उच्च मतका साथ निर्वाचित भएकोमा वधाइ ज्ञापन गर्दछ।

nimb
nimb
Ncell 2
Ncell 2

८. यो बैठक कोभिड संक्रमणका कारण ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्दै उपचार गराइरहनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। कोभिड १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरुलाई समर्थन गर्दै कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निशुल्क रुपमा खोप उपलव्ध हुने गराउन सरकारसँग आग्रह गर्दछ। कोभिड १९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनस्र्थापनाका प्याकेजहरु उपलव्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन र महामारीका कारण जनतामा गरिबी र अभावको थप मार पर्न नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ। खोप उपलव्ध नहुँदासम्म स्वास्थ्य सुरक्षा मापदण्डको सबैले पालना गरी महामारी विरुद्धको यस लडाइँमा निर्णायक विजय हासिल गर्न सबैलाई आवश्यक सहयोगका लागि आह्वान गर्दछ।

९. यो बैठक चिनी उद्योगसँग उखु बिक्री गरेबापत् प्राप्त गर्नु पर्ने वक्यौता रकम प्राप्त गर्न तराई मधेसका विभिन्न जिल्लाबाट काठमाडौं आई शान्तिपूर्ण धरनामा बस्नु भएका उखु किसानहरुको सबै रकम उद्योगीहरुबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गर्दछ।

१०. यो बैठक प्रतिनिधिसभा विघटन भई मुलुक निर्वाचनतिर उन्मुख भइसकेको परिप्रेक्ष्यमा राज्यका सबै अंगहरुलाई शान्ति सुरक्षा, अमन चयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्दछ।

११. यो बैठक नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक राजनीतिक नक्सा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिविम्बित गर्न अभूतपूर्व रास्ट्रिय एकता कायम गर्दै संविधान संशोधन गर्न सफल भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। यस प्रक्रियामा सहभागी भई योगदान गर्नु हुने सबै राजनीतिक दल, संघीय संसदका माननीय सदस्यहरु, अभियन्ताहरु, सञ्चारमाध्यम र सबै देशभक्त नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दछ। नेपालको भूभागमा नेपालको स्वामित्व सुनिश्चित हुने गरी सीमा समस्याको समाधान गर्न थप प्रभावकारी कुटनीतिक पहलका लागि सरकारलाई अनुरोध गर्दै सरकारलाई यस दिशामा सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ।

१२. यो बैठक एसिड आक्रमण जस्तो जघन्य अपराध एवं महिलामाथि हुने यौनजन्य हिंसा र बलात्कारको रोकथाम तथा त्यस्ता अपराधमा संलग्न दोषीहरुलाई कडा कार्बाही गर्न सरकारले हालै जारी गरेका अध्यादेशहरुको समर्थन गर्दै यस्ता अपराध रोकथामका लागि प्रशासनलाई थप कडाइ गर्न आह्वान गर्दछ।

१३. यो बैठक सबै राजनीतिक दलहरुलाई आम निर्वाचनको यस अभियानमा स्वस्थ बहस र प्रतिष्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न आह्वान गर्दछ। राज्यका सबै संस्थाहरु, निजामति र सुरक्षा अंगहरु, प्रदेश सरकार र प्रदेशसभा एवं स्थानीय तहहरु आआफ्ना क्षेत्रमा कत्र्तव्य निर्वाह गर्दै क्रियाशील भइरहेको, जनतामा उन्नत लोकतान्त्रिक चेतना रहेको वर्तमान परिवेशमा लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशंका निराधार रहेको कुरामा विश्वस्त हुन आग्रह गर्दछ। परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ। हाम्रो पार्टी र सरकार नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलव्धिहरुको रक्षा एवं विकासका लागि कृतसंकल्पित रहेको विश्वास दिलाउन चाहन्छ।

१४. यो बैठक नेपालको विकास र समृद्धिमा छिमेकी लगायत सबै मित्र रास्ट्रहरुबाट प्राप्त निरन्तरको सद्भाव र सहयोगका लागि आभार र कृतज्ञता ज्ञापन गर्दै नेपाल राजनीतिक स्थायित्व, सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका दिशामा अविचलित ढंगले अगाडि बढ्ने र मित्र रास्ट्रहरुबाट आगामी दिनमा पनि नेपालप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्दछ।

१६ . यो बैठक विप्लव समूहद्वारा मोरंगको मिक्लाजुंग गाउँपालिकामा शिक्षक राजेन्द्र श्रेष्ठको अत्यन्त निर्ममतापूर्वक गरिएको हत्याको निन्दा र भ्रत्र्सना गर्दै दिवंगत राजेन्द्र श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। यो बैठक केन्द्रीय कमिटीको यस बैठकलाई सहजतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै स्वयंसेवकहरु, सुरक्षाकर्मीहरु तथा हाम्रा समाचार र विचारलाई महत्वका साथ जनताबीच सम्प्रेषित गर्ने सबै सञ्चारकर्मी साथीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली
एमाले सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्द... शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश अर्थ मन्त्रालका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संरचना तथा कार्यप... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै शनिबार, जेठ २, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित  वर्षाको सम्भावना शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्