• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले राजाको जस्तो निरंकुश कदम चाले : माधवकुमार नेपाल

64x64
नेपाल लाइभ बिहीबार, पुस ९, २०७७  १८:३३
1140x725

काठमाडौं- प्रचण्ड–नेपाल समूहका तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर कम्युनिस्ट एकताको सन्देश दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै कम्युनिस्ट एकताप्रति प्रतिबद्धता जनाएका हुन्।

केन्द्रीय समिति बैठकबाट वर्तमान अवस्थामा कम्युनिस्ट एकताको ऐतिहासिक आवश्यकता रहेको ठहर गरेका नेताहरू सच्चा कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन बल्खु पुगेको प्रतिक्रिया दिएका छन्। उनीहरूले आफूहरू नै वास्तविक नेकपा भएको भन्दै सबै कमिकमजोरी सच्याएर एकताबद्ध हुन सबैलाई आह्वानसमेत गरे।

अध्यक्ष दाहालले लोकतन्त्र र गणतन्त्रविरुद्धको षडयन्त्रको रुपमा असंवैधानिक तरिकाले संसद विघटन गरिएकाले त्यसविरुद्ध कम्युनिस्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए। उनले अहिलेसम्म कम्युनिस्टहरुले प्राप्त गरेका उपलब्धिविरुद्धको षडयन्त्रको रुपमा संसद विघटनलाई लिइएको भन्दै त्यसलाई सफल हुन नदिने संकल्प गरे। 

‘आजमात्रै हामीले हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्‍यौं। बैठक सफलतापूर्वक सम्पन्न गरेको र फेरि पनि कम्युनिस्टहरूको एकताको ऐतिहासिक आवश्यकताबारे पनि हामीले प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरि फेरिपनि सच्चा कम्युनिस्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले हो। हामीले केन्द्रीय कमिटीको दोस्रो बैठक जो पोहोर साल भएको थियो त्यस बैठकको अध्यक्षता मैले गरेको थिएँ। त्यो बैठकबाट यो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिस्टहरुको भाव झल्कने खालको राम्रो कार्यालय भवन बनाउने निर्णय गरिएको थियो,’ उनले भने‚ ‘त्यो निर्णयलाई स्मरण गर्नको लागि पनि तेस्रो केन्द्रीय समितिको बैठक पछि हामी आएका छौं। अब कमरेड माधव नेपाल जसले लामो समयसम्म यही ठाउँको पार्टी कार्यालयमा महासचिवको हैसियतले एमालेमा नेतृत्व गर्नुभयो। अहिलेको बैठकले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको सन्दर्भ पनि यो सँग जोडिएको छ। हामीले दिने सन्देश भनेको के हो भने संसद अप्राकृतिक र असंवैधानिक तरिकाले विघटन गरियो। यो लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध र अहिलेसम्म कम्युनिस्टहरुले प्राप्त गरेका उपलब्धीविरुद्धको षडयन्त्रको रुपमा छ। यसलाई हामी सफल हुन दिन्नौं भन्ने कुरा पनि हामीले पारित गरेका छौं। र यसलाई हामी सफल हुन दिन्नौँ भन्ने देखाउन संकल्प दोहोर्‍याउन चाहेको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनतालाई प्रतिनिधिसभाको विघटनका विरुद्धमा एकजुट हुन आग्रह गरे। उनले प्रधानमन्त्री ओलीले राजाको जस्तो निरंकुश कदम चालेको भन्दै त्यसको भर्त्सनासमेत गरे। 

‘अहिले सिङ्गो राष्ट्र नै अनिश्चितताको भूमरीमा परेको छ। त्याग, तपस्या र बलिदानबाट ल्याएको संविधान, जनप्रतिनिधीहरुबाट निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको छ। त्यसको प्रावधानविपरीत, भावनाविपरीत, मर्मविपरीत प्रतिनिधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ‚’ उनले भने‚ ‘हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौं। प्रतिनिधि सभालाई कुनैपनि तानाशाही तरिकाबाट विघटित गर्न पाइँदैन। यो ठिक राजाको निरंकुश कदमजस्तै अर्को प्रतिगामी कदम हो। यसको हामी घोर भर्त्सना गर्दछौं।’

उनले जग्गा खरिद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा आफ्नो भावना जोडिएको भन्दै नेकपाको मूल धार र मूल शक्ति आफूहरू नै भएको भन्दै गल्ती सच्याएर सबैलाई मूलधारमा जोडिन आह्वान गरे। 

त्यसैगरी वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिस्ट नै नभएको टिप्पणीसमेत गरे। प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद विघटन गरेर अपराध गरेको टिप्पणी गरे। 

पार्टीभित्र विवाद आउनु सामान्य भएको उनले बताए। ‘कमरेड केपी शर्मा ओली कम्युनिस्ट नै हुनुभएको रहनेछ। पार्टीको विधि र अनुशासन मान्नुभएन‚’ उनले भने‚ ‘यो अपराधको कुरा हो। संविधान‚ लोकतन्त्र र जनादेशविरुद्धको अपराध हो।’ संसद विघटन राष्ट्रविरुद्धको अपराध भएको उनले बताए।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली
एमाले सचिवालय बैठक बस्दै
सम्बन्धित सामग्री
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्द... शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो । शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश अर्थ मन्त्रालका सचिव (राजस्व) को संयोजकत्वमा गठित समितिले राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संरचना तथा कार्यप... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
एमाले सचिवालय बैठक बस्दै शनिबार, जेठ २, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित  वर्षाको सम्भावना शनिबार, जेठ २, २०८३
राजस्व परामर्श समितिद्वारा सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्