काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जनताको अधिकार अपरहरणकारी भएको आरोप लगाएका छन्।
प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीमा बोल्दै प्रचण्डले हजारौंको बलिदानबाट प्राप्त अधिकारको अपरहरण भएको बताए। प्रतिनिधिसभा विघटनको कदमप्रति प्रतिवाद गर्दै उनले भने, ‘क्रान्तीकारीको झगडा बोक्ने र क्रान्तिकारी झन्डालाई न्याक्नेहरुको लडाईं हो।’
ओली पक्षको केन्द्रीय कमिटी अवैधानिक भएको उनले दाबी गरे। आधिकारिता र कानुनी आधार ओली पक्षलाई नभएको उनको तर्क थियो।
विघटनको स्वीकृति राष्ट्रपतिले दिएसँगै राजनैतिक संकट देखा परेको उनले बताए। उनले भने, ‘विगतको पुनरावृत्तिकै रूपमा संसद विघटन होइन। उपलब्धिलाई ध्वस्त पार्नका लागि विघटन भएको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।