काठमाडौं–अमेरिकाको स्मार्ट फोन उत्पादक कम्पनी एप्पलले कार उत्पादन गर्ने भएको छ। एप्पलले सन् २०२४ सम्ममा कार बजारमा ल्याउने जनाएको छ। एप्पलले ल्याउने कार इलेक्ट्रिक हुने रोयटर्सले उल्लेख गरेको छ।
एप्पलले सवारी उत्पादन परियोजनालाई ‘प्रोजेक्ट टाइटन’ नाम दिएको छ। अर्को अमेरिकी कम्पनी टेस्लाले उत्कृष्ट विद्युतीय कार उत्पादन गर्दै बिक्री गर्दै आएको छ।
एप्पलले बनाउने विद्युतीय कार स्वचालित हुनेछ। टेस्लाले २०२१ देखि नै कारहरुमा स्वचालित प्रणाली उपलब्ध गराउने बताइसकेको छ। हाल टेस्लाको कारमा स्वचालित प्रणाली लिन थप १० हजार डलर तिर्नुपर्नेछ। तर २०२१ देखि भने उक्त प्रणाली सबै कारमा थप शुल्क बाहेक नै पाइने टेस्लाका सिइओ इलोन मस्कले अघिल्लो साता ट्वीट गर्दै उल्लेख गरेका थिए।
एप्पलले उत्पादन गर्ने स्मार्ट फोनप्रति उपभोक्ताको धेरै चासो हुने गरेको छ। एप्पलले कार उत्पादन गर्ने भनेसँगै धेरैले यसबारेमा जिज्ञासा राख्न थालेका छन्। एप्पलले उत्पादन गर्ने कारमा ‘नेक्स्ट जेनेरेसन’ ब्याट्री प्रयोग हुने दाबी कम्पनीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।