तस्बिर सौजन्य : यमन पौडेल
काठमाडौैं–राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि राजदूत नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई सपथ गराएकी छिन्। राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा भण्डारीले खतिवडालाई सपथ गराएकी हुन्।
मंगलबार राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो।
यसअघि सरकारले पूर्वअर्थमन्त्री खतिवडालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिएका थिए। ६ महिना त्यसरी मन्त्री बनेर आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याएका खतिवडाले भदौ २० मा अर्थमन्त्रीबाट राजीनामा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।