काठमाडौं–फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स प्रालिले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा बुकिङ खुल्ला गरेको थियो। क्रिसमसको उपलक्ष्यमा लविम मलसँग सहकार्य गर्दै फोर्डले हरेक वर्षझै यो वर्ष पनि विभिन्न उपहारहरु बाँड्ने भएको छ।
यस उत्सवमा फोर्डको २०२१ संस्करण गाडी २०२० मूल्यमा बुकिङको व्यवस्था पनि गरिएको छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ। यस उत्सवमा ग्राहकहरुले विभिन्न खेल, प्रतियोगिताका साथै यसपटक अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौकासमेत दिएको छ।
उत्सवमा ग्राहकले आफ्नो छनोटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधा छ। फोर्ड बिक्री प्रतिनिधिले इच्छुक ग्राहकका लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।