काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘पथिक’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कित्तामा उभिएका छन्। बादल अर्का अध्यक्ष केपी ओलीतिर गए पनि उनका राजनीतिक सल्लाहकार भने प्रचण्डतिर गएका हुन्।
‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’
ओलीले दोस्रो वरियता दिने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। प्रचण्ड– नेपाल कित्तामा छैटौं पोजिसन हुने भएपछि बादल दोस्रो पोजिसनका लागि ओली कित्तामा उभिने भएका हुन। बादलनिकट ३८ केन्द्रीय सदस्यमध्ये ३७ जना प्रचण्ड कित्तामा उभिएका छन् । बादल एक्लै ओलीतिर गएका छन्।
गत मंगलबार प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ अनुपस्थित भएका थिए। यसलाई उनी ओली कित्तामा उभिएको भनेर प्रचण्डनिकट नेताहरुले चर्चा गरेका थिए । तर, सोनाम दुवै पक्षको भेलामा अनुपस्थित भएका थिए। उनी बिहीबार प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुने केन्द्रीय सदस्य दिपेन्द्र पुन‘सिजल’ले बताए । सोनामले यसअघि दुवै पक्षको बैठक बहिस्कार गरे पनि आज बैठकमा उपस्थित हुने पुनको दाबी छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।