काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बुधबार पनि जारी रहने भएको छ।
बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने एजेन्डामा छलफल गर्ने बताइएको छ।
बुधबारको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए।
असंवैधानिक कदम सच्याउन कांग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।