काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानले प्रत्याभूत गरेअनुसार नेपालको न्यायपालिका स्वतन्त्र रहेकाे दाबी गरेका छन्। बुधबार सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ताे दाबी गरेका हुन्।
‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ,’ उनले भने।
उनले निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको समेत बताए। न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा कायम राख्न सबैले त्यसै प्रकारको सोच, दृष्टिकोण र व्यवहार गर्नुपर्ने पनि उनले बताए।
यस्ताे छ सम्बोधनकाे पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।