• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यद्वारा भटाभट पद अस्वीकार

64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  १६:०२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीमा मनोनित गरिएकाहरूले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनित भएका नेताहरूले विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्न थालेका हुन्। 

ओलीले पार्टीका ४४७ जना केन्द्रीय सदस्यमा बुधबारको केन्द्रीय कमिटी बैठकपछि ११ सय ९९ जना केन्द्रीय कमिटी बनाएका थिए। पार्टीमा परामर्श नै नगरी मनलाग्दी केन्द्रीय कमिटी मनोनित गरिएको भन्दै एकपछि अर्को गर्दै नेताहरुले पद अस्वीकार गर्न थालेका छन्। ओलीले पार्टीमा बहुमत देखाउन प्रचण्ड-नेपाल पक्षका नेतालाई मनोनित गरेपछि एकपछि अर्को गर्दै पद अस्वीकार गर्न थालेका हुन्। 

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्।

यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।  ‘कमरेडहरू कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरूले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे,’ बुढाथोकीले फेसबुकमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिताबाहेक कमरेडहरु। यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ। तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मञ्जुर छैन, धन्यवाद।’

यस्तै उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्य अस्वीकार गरेका छन्। ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक सञ्जालहरुमा देखिरहेको छु,’ उनले भने, ‘त्यसलाई मैले अस्वीकार गरेको छु।’

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै प्रदेश २ का सदस्य एवम् बारा जिल्ला सचिव सुन्दर विकले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। आफूले केन्द्रीय सदस्य मनोनित गरेको विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै विकले विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

प्रदेश नम्बर २ कै सदस्य एवम् नेपाल ट्रेड यूनियन महासघंका प्रदेश २ का अध्यक्ष कमलेश झाले समेत मनोनित केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। सञ्चार माध्यमबाट केन्द्रीय सदस्यमा मनोनित भएको विषयमा गम्भीर ध्यानाकषर्ण भएको भन्दै झाले पद स्वीकार गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्।

नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै नेता बृहस्पति अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

आफूसँग परामर्श नै नगरी केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै उनीहरुले पदमा बस्न अस्वीकार गरेका हुन्। यस्तै प्रदेशसभा सांसद अमरबहादुर डांगीले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। परामर्श नगरेको भन्दै डाँगीले पद अस्विकार गरिसकेको केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।

‘पार्टीमा बहुमत जुटाउन केपी कमरेडले मनोमानि रुपमा केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ,’ चौधरीले भने, ‘यसरी नियुक्त गर्दा धेरै नेताहरु चरित्र हत्या भयो। यसले धेरै नेतालाई अन्याय भयो।’

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
कांग्रेसले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
कांग्रेसले बोलायो संसदीय दलको बैठक प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए... बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने बिहीबार, चैत १९, २०८२
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना बिहीबार, चैत १९, २०८२
कांग्रेसले बोलायो संसदीय दलको बैठक बिहीबार, चैत १९, २०८२
सुनको मूल्य घट्यो बिहीबार, चैत १९, २०८२
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्