• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसले सत्तामोह नदेखाए प्रतिनिधि सभा पुनःस्थापना भए पनि निर्वाचनकै सम्भावना बढी

64x64
नेपाल लाइभ बुधबार, पुस ८, २०७७  १३:१४
1140x725

काठमाडौं– नेकपा फुटिसकेको छ। औपचारिक घोषणा हुन मात्रै बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका विरुद्धमा परेको रिटको बुधबार अदालतमा सुनुवाइ सुरु हुँदैछ। सबैको नजर यतिबेला अदालततर्फ छ।

अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरे पनि आगामी निर्वाचन स्वभाविक मिति अर्थात् २०७९ सालसम्मै धकेलिन्छ वा अगाडि नै हुन्छ, निश्चित हुँदैन। यसका लागि नेपाली कांग्रेसको भूमिकाले प्रभाव पार्छ।

यदि फुटेको नेकपाको कुनै पक्षसँग मिलेर कांग्रेसले सरकारमा जान चाहेमा निर्वाचन स्वभाविक मितिमै हुनसक्छ। उसले सत्तामोह नदेखाएमा भने निर्वाचन त्यसअघि नै गर्नुपर्ने हुन्छ।

नेपाली कांग्रेसका बहुमत नेताहरु यतिबेला कांग्रेसले सत्तामोह देखाउन नहुने भन्ने पक्षमा छन्। मंगलबारबाट सुरु केन्द्रीय समितिको बैठकको प्रारम्भिक छलफलमा सभापति शेरबहादुर पक्षधर प्रतिनिधि सभा पुनःस्थापनाभन्दा निर्वाचनतिरै ध्यान दिनुपर्ने पक्षमा देखिएका छन्। त्यस्तै, रामचन्द्र पौडेल लगायतका नेता पुनःस्थापनामा जोड दिइरहेका छन्।

कांग्रेस केन्द्रीय समितिमा सभापति देउवा पक्षको बहुमत छ। त्यसैले निर्वाचनलाई प्राथमिकता दिनुपर्ने गरी निर्णय हुन सक्छ।

विघटित प्रतिनिधि सभाको अंकगणित
विभाजित भएको अवस्थामा केपी ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका दुई पार्टी बन्नेछन्। प्रचण्ड-नेपाल पक्ष नै सबैभन्दा ठूलो पार्टी बन्ने देखिन्छ।

विभाजित हुनुअघि नेकपासँग प्रतिनिधि सभामा १७४ सिट छ। विभाजित हुँदा ओली पक्षले ८० सिट आफूसँग रहेको दाबी गरेको छ। प्रचण्ड–माधव पक्षले सोमबार बोलाएको संसदीय दलको बैठकमा ९० सांसद् उपस्थिति थिए। चार जना भने कतै खुलेका देखिँदैनन्। त्यसैले प्रचण्ड–नेपाल पक्षमा ९० देखि ९४ को हाराहारीमा सांसद हुने देखिन्छन्।

प्रतिनिधि सभा पुनः स्थापना भयो भने त्यसपछि नयाँ सरकार गठनका विविध विकल्प छन्। सबैभन्दा ठूलो पार्टीको रुपमा प्रचण्ड-नेपालको पार्टीले सरकार बनाउने स्वभाविक हक राख्नेछ। तर मुख्य भूमिकामा कांग्रेस नै देखिन्छ। उसको सत्तामोहले नयाँ राजनीतिक परिस्थिति निर्माण गर्ने छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला प्रचण्ड-नेपाल पक्षलाई सरकार गठनका लागि कांग्रेसको साथ आवश्यक देखिन्छ। कांग्रेसका ६३ सांसद् छन्। जसमध्ये दुई जना निलम्बित छन्।

जसपा र अन्य स्वतन्त्र सांसद्हरुसँग मिलेर सरकार बनाउने भने सम्भावना देखिँदैन। किनकि, त्यहाँ ३८ सांसद छन्। केही निलम्बित छन्। यहीँबाट सरकार गठनको सम्भावना खोज्न भने प्रचण्ड-नेपाल पक्षमा १०० भन्दा बढी सांसद हुनुपर्छ। अहिलेकै अंकगणितमा त्यो सम्भावना देखिँदैन।

सरकार बनाउन संविधानको व्यवस्था
अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको खण्डमा प्रधानमन्त्री केपी ओलीको सरकार ढल्छ। संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु हुन्छ। धारा ७६ को उपधारा १ अनुसार मन्त्रिपरिषद् गठन हुने अवस्था रहन्नँ। नेकपा बहुमत प्राप्त दल विभाजन भएसँगै प्रतिनिधि सभामा बहुमत प्राप्त कुनै दल हुँदैन।

त्यसपछि ७६ उपधारा २ बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछिन्। संविधानको यो व्यवस्थाअनुसार प्रधानमन्त्री बन्नका लागि जुनसुकै सरकारका लागि पनि कांग्रेसको समर्थन अनिवार्य जस्तै बन्छ।

कांग्रेसले कुनै पनि पक्षलाई समर्थन नगरेको अवस्थामा यो धारा अनुसार सरकार बन्दैन।

त्यसपछि धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। उक्त उपधारअनुसार प्रतिनिधि सभाको सवैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछिन्। तर, त्यसरी बनेका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

सम्भवतः प्रचण्ड-नेपालले नेतृत्व गरेको दलका नेता प्रचण्ड त्यसरी प्रधानमन्त्री बन्नेछन्। त्यो बेला पनि कांग्रेसले समर्थन गर्‍यो भने सरकार निरन्तर रहन्छ, गरेन भने विघटन हुन्छ।

त्यसपछि सरकार बन्न अन्तिम विकल्प बाँकी रहन्छ। त्यो व्यवस्था संविधानको धारा ७६ को उपधारा ५ मा छ। जहाँ प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफूले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन्। यसरी बनेको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वास लिनुपर्छ।

यस्तो खालको सरकार बन्ने सम्भावना ज्यादै न्युन हुन्छ। अहिलेकै संसद पुनः स्थापित भएमा असम्भव जस्तै हुन्छ।

यो विकल्प अनुसार सरकार बनाएका प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसकेमा संसद् विघटनको सिफारिस गर्नुपर्नेछ। उक्त सिफारिसका आधारमा  राष्ट्रपतिले संसद् विघटन गर्नेछिन्। त्यसपछि ६ महिनाभित्र आम निर्वाचन गर्नुपर्ने हुन्छ।

यसरी प्रतिनिधि सभा पुनःस्थापना भयो तर कांग्रेसले कुनै पनि दललाई समर्थन गरेन, आफैंले सरकार बनाउन पहल र सफलता पाएन वा विश्वासको मत दिएन भने मुलुक स्वतः निर्वाचनमा जानेछ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
कांग्रेसले बोलायो संसदीय दलको बैठक
सम्बन्धित सामग्री
कांग्रेसले बोलायो संसदीय दलको बैठक प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए... बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त, आजै दाहसंस्कार गरिने बिहीबार, चैत १९, २०८२
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना बिहीबार, चैत १९, २०८२
कांग्रेसले बोलायो संसदीय दलको बैठक बिहीबार, चैत १९, २०८२
सुनको मूल्य घट्यो बिहीबार, चैत १९, २०८२
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्