काठमाडौं-नेपालका लागि टाटा मोटर्सकाे आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिकाे ग्लोबल सर्भिस क्याम्प २०२० को आज अन्तिम दिन हो। मंसिर २८ देखि सुरु भएको सर्भिस क्याम्प आज (८ पुस) सम्म सञ्चालन भईरहेको छ। यस वर्षको क्याम्प स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ग्राहक तथा कर्मचारीलाई विशेष ध्यानमा राखी संचालन भईरहेको कम्पनीले जनाएकाे छ।
सर्भिस सेन्टर परिसरभित्र भीडभाड कम गर्न र भौतिक दूरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बुकिङको पनि व्यवस्था गरिएको छ। मंगलबारसम्म करिब ४ हजार ९ सय ९० वटा भन्दा बढी टाटा कर्मसियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाइसकेका छन्।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्शजस्ता सुविधाहरु यस वर्षका प्रमुख विशेषता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।