काठमाडौं- प्रचण्ड-नेपाल पक्षको नेकपा केन्द्रीय कमिटी बैठकले दीर्घ सोडारीलाई अनुशासनको कारबाहीबाट मुक्त गरेको छ। मंगलबार दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको बैठकले यसअघि पार्टीले गरेको अनुशासनको कारबाही फिर्ता गरी कैलाली जिल्ला अध्यक्षमा पुनर्स्थापित गरेको हो।
बैठकले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको छ। उनका स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने समेत निर्णय उक्त समूहको केन्द्रीय कमिटीको बैठकले गरेको हो।
यस्तै, कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा समेत अनुमोदन गरेको छ।
यी हुन् बैठकका १० निर्णय


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।